ताजा अपडेट »

‘सफा,समाजिक,शैक्षिक र सुलभ स्वास्थ्य केन्द्रका रुपमा विकास गरिनेछ’

मंगलबार, २७ बैशाख २०७९, १७ : २७
6 Shares


डा. रामप्रसाद बस्याल भैरहवाबासीका लागि परिचित नाम हो । वहाँको आम परिचय भनेको नगरका गरिब तथा असहायका लागि डाक्टरको चेकफिसबिना नै चेकजाँच र औषधीका लागि पैसा नहुनेका लागि फ्रि औषधी दिने डाक्टर नै हो । यसबाहेक वहाँ नेकपा (एमाले)मा निरन्तर आबद्ध र सक्रिय रहेका कुशल अभियन्ताका रुपमा पनि राजनीतिमा लागेका नेताकार्यकर्ताले चिन्ने गर्दछन् । नगरका बासिन्दासँग घरदैलोको अन्तिम चटारोमा रहेका मेयर पदका उमेद्वार डा. रामप्रसाद बस्यालसँग हामीले वहाँको चुनावी चर्चा, स्थानीयका वहाँसँगको अपेक्षा, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा रहेर एमालेको तर्फबाट सिद्धार्थनगरमा मेयरका प्रत्यासी डा. बस्यालसँग गरिएको कुराकानी:

यद्यपि तपाईँलाई परिचयको आवश्यकता त पर्दैन, तर आफूलाई चिनाउन समाजलाई भन्ने कुरा के हो ?
राजनीति इतर क्षेत्रमा समाजले मलाई विशुद्ध चिकित्सकका रुपमा पहिचान गर्ने कुरा सत्य हो । यसको कारण के हो भन्दा भैरहवाका आरम्भिक दिनमा यस क्षेत्रका जनताको जीवन सुरक्षामा मैले गरेको प्रयास आफैमा अम’ल्य नै थियो भन्ने लाग्छ । तर राजनीतिक रुपमा धेरै कुरा नगरि मैले आफूलाई निरन्तरता र सक्रियता सहित सदैव लोकतन्त्र र बामपन्थकै बाटोमा अविचलित रहीआएको र क’नै पनि खालको निरंकुशता, सामन्तवाद, एकमनावाद, सुदखोर प्रवृत्तिसँग आत्मसर्मपण नगरेको राजनीतिक व्यक्तिका रुपमा चिनाउन चाहन्छ’ । व्यक्तिगत लाभहानीका लागि सामाजिक आन्दोलनसँग बेइमानी, पदलोल’पता देखाइ बारम्बार म नै भन्ने प्रवृत्ति इतर र मानसम्मान र पदका लागि विचार र राजनीतिसँग सम्झौता गरेको इतिहास छैन र भैरहवाका हरेक राजनीतिक, सामाजिक आन्दोलनमा निरन्तर सक्रिय रहेको क’रा सबैलाई स्मरण गराउन चाहन्छ’ ।

चुनाव प्रचारप्रसारको समय आजबाट सकिँदै छ । घरदैलोका क्रममा यहाँले जनताको कस्तो प्रतिक्रिया पाउन’भएको छ ?
हामी मौन अवधि आरम्भ हुनु अघि नै नगरवासीका घरघरमा पुग्ने अभियान सपापन गर्नेगरी सक्रिय रहेका छौँ । यस अवधिमा हामीले सबै वडाका सबै टोलसम्म प’गेर नगरवासीहरुसँग भेटघाट गरेको छौँ । म वहाँहरुसँग भेटघाटपछि हाम्रो विजयबारे थप उत्साहित छ’ । हाम्रो पार्टीको सन्दर्भमा यसको बलियो संगठन नै हाम्रो विजयको प्रमुख आधार हो । साथै व्यक्तिका रुपमा मलाई नामभन्दा डाक्टरसापका रुपमा चिन्ने व्यक्तिहरु भैरहवामा प्रशस्त हुनुहुन्छ । घरदैलोका क्रममा मसँग भेट हुँदा मतदाताहरु ऋाफ’ले मत दिने निर्णय गरिसके तापनि तपाईँ मेयर हुने भएपछि हामीले तपाईँलाई भोट नदिन’ समाजप्रति यहाँले गरेको सेवाको अपमान हुने र हामीलाई पाप लाग्ने भन्दै आश्वस्त पार्न‘ भएको पाएको छु । यसले मलाई समाजले विगतमा मेरो योगदानको मूल्यांकन गर्छ भन्ने विश्वास थप बढाएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा जनताका अपेक्षा कस्तो पाउनुभएको छ ?
हालका मेयर हरिप्रसाद अधिकारीले भौतिक पूर्वाधारको विकासलाई एक तहमा विकास गरिसकेका कारण जनताको मूल मुद्दा सडक विकास रहेको छैन । सडक विकासभन्दा पनि सानासाना गल्ली, पानीका धारा जडान, नागरिकताका समस्या, पारिवारिक बेमेल, सामाजिक बेमेल, धार्मिक इस्यूहरु, ख’ला क्षेत्रको प्रबन्धबारे, खेलाडीहरुको उचित व्यवस्थापनबारे, आमनागरिकको स्वास्थ्यबारे, वार्ड नं. ९, १० र ११ मा कृषि क्षेत्रको विकासबारे बढी चासो र अपेक्षा जनताका तहबाट उठाइएको छ ।

भौतिक पूर्वाधारबारे चर्चा गर्दा हाल वार्ड नं. ५ को सडकपेटीमा जडान गरिएको रंगीन टायलबारे आलोचना गरिएको छ ? यसबारे आगामी मेयरका रुपमा यहाँको धारणा के हो ?
यहाँहरुलाई सविनय अनुरोध गर्न चाहन्छु, नगरको सौन्दर्य बढाउने कार्य आरम्भ गर्दा नगरपालिकाको आलोचना नभएको हो र ? सडकछेऊ हरियाली प्रवद्र्धनका लागि विरुवा रोप्दा पनि आलोचना भएकै हो । आज ती विरुवा हुर्किएपछिको अवस्थाबारे जनताको प्रतिक्रिया सकारात्मक छ । वार्ड नं. ५ का सन्दर्भमा पनि रंगिन टायल लगाइएकामा कसैको विरोध हो जस्तो लाग्दैन, नाला जाम भएमा के हुन्छ ? भन्ने आम नागरिकको चासो हो ।

म सबैलाई आवश्वस्त पार्न चाहन्छ’, एमालेको स्थानीय सरकार बनाउन सबैले सूर्यमा मतदान गर्नुहोस्, काठमाडौ बाहिर भैरहवा नै नाला सफा गर्ने नयाँ प्रविधि पहिलो पटक प्रयोग गर्ने नगरका रुपमा चिनाइने छ । यसमा थप कुरा मेरो के छ भने, भैरहवालाई सुन्दर बनाउनका लागि बजेटले पुगेसम्म मेउडिहवा चोकदेखि अञ्चलपुर चोकसम्म, डण्डा खोलादेखि एयरपोर्ट गेटसम्म, बुद्धचोकदेखि एयरपोर्ट गेटसम्म र बेलहियादेखि बर्मेलीटोलसम्म सडकका दुई किनारामा यस्तो टायल जडान गर्ने कुरामा सबै सहमत भई लाग्न जरुरी छ ।

भौतिक पूर्वाधारइतर स्वास्थ्य पूर्वाधारबारे यहाँको योजना नगरबासीहरुको अपेक्षासँग मेल खाने पाउनुभएको छ त ?
सारा समाज र अनेकन डक्टरहरु कोभिडको संकटमा आफ्नो न्यूनतम कर्तव्य विर्सेर बस्दा पनि यो रामप्रसाद भन्ने मान्छे निरन्तर विरामीको उपचारमा सेवारत नै थियो । यस अवधिमा मैले चेकजाँच गरेका विरामीहरुको संख्या हजारमाथि नै हुनुपर्छ । विगत ५० वर्षमा मैले जनस्वास्थ्यका क्षेत्रमा जे काम गरे त्यसले मलाई दिएको निष्कर्ष भनेको जनताको जीवन बाँच्ने अवस्था स’निश्चित गर्न नसक्ने सरकार किन आवश्यक छ भन्ने नै हो । राज्यले जनतालाई गुणस्तरिय स्वास्थ्य र शिक्षाको मात्र व्यवस् ागर्न सक्यो भने हाम्रो नेपाली जात आफ्नो जीवन सहजै जीउन र सुखी रहन सक्दछ भन्ने मेरो निष्कर्ष हो ।

स्वास्थ्यका क्षेत्रमा हाल भइरहेको भीम अस्पतालको पूर्वाधार स’धार कार्य माननीय घनश्याम भुसालको पहलमा अघि बढी नै सकेको छ । यसको लागि अवाश्यक प्राविधिक जनशक्ति नै हाम्रो प्रमुख चासो हो । त्यस्तै अति नै कम लगानी र आम सहभागितामा नगरपालिकाले नगरपालिकास्तरीय स्वास्थ्य परीक्षण ल्याब स्थापना गरी आम नगरबासीमा देखिने केही रोगहरुको पहिचान र परीक्षणलाई निःशुल्क गर्न सकिन्छ । मेरो नेतृत्वको स्थानीय सरकारले यस पक्षलाई प्रमुखताका साथ कार्यान्वयन गर्नेछ ।

यहाँलाई थाहा भएकै विषय हो, बुटवलतर्फ गुणस्तरिय शिक्षाका लागि सयौं बालबालिका दैनिक रुपमा विद्यालय गइरहेको अवस्था छ । यसबारे तपाईँको धारणा के हो ?
शिक्षामा स’धार भौतिक पूर्वाधार सुधारजस्तो अल्पकालिन तयारीबाट नै गर्न सकिने कुरा होइन भन्ने मेरो आग्रह छ । तर यहाँको सामुदायिक विद्यालयलाई गुणस्तर सुधारतर्फ योजना बनाइ लाग्ने समय अब निर्माण भएको छ । यो ५ वर्षमा माननीय घनश्याम भुसालको विशेष चासोसहित मेयर हरि अधिकारीले सबै विद्यालयका भौतिक पूर्वाधारको निर्माण आरम्भ वा पूर्ण गराउनु भएको छ । यस बर्ष अधिकारीजीकै प्रस्तावमा पक्लिहवा मावि र पिपरहियाको महात्मा बुद्ध माविको बाँकी पूर्वाधारका लागि राष्ट्रिय योजना आयोगबाट शशर्त बजेट आउने कुराको आश्वासन माननीय घनश्याम भ’सालको सचिवालयले दिएको छ ।

भौतिक पूर्वाधारको स’धारपछि गर्ने काम त गुणस्तर सुधार नै हो । हाम्रा सामुदायिक विद्यालयका शिक्षकको क्षमतामा कसैले प्रश्न उठाउँछ भन्ने मलाई लाग्दैन । यसलाई व्यवस्थापनका तहबाट हेर्ने हो । विद्यालयमा शिक्षण र मूल्यांकनका लागि हामीले नगरकै लगानीमा थप जनशक्ति व्यवस्थापन गर्नेछौँ भने वडा स्तरीय शिक्षा समिति गठन गरी विद्यालयमा हुने अनियमितता रोक्ने र शिक्षकलाई शिक्षणप्रति र विद्यार्थीलाई सिकाइप्रति थप जिम्मेवार बनाउने योजना विज्ञहरुको सहयोगमा बनाइ लागू गर्ने कुरामा हाम्रो पार्टीको जोड रहनेछ । यद्यपि यी सबै काम गर्दैगर्दा पनि आम’ल परिवर्तन हुन समय लाग्छ नै, सुरुवात गरिहालौ, परिणामका लागि मेहनतपूर्वक खटौ भन्ने नै मेरो आह्वान हुनेछ ।

यसबाहेक सफा नगरको नारालाई फोहोर व्यवस्थापनको समस्याले सार्थक हुन दिने कुरामा तपाईँ कत्तिको विश्वस्त हुनुहुन्छ ?
हाललाई हाम्रो नगरपालिकाले वार्ड नं. २ मा डण्डा खोलाको किनारामा फोहर व्यवस्थापन गरिरहेको छ । यो दीर्घकालिन समाधान होइन भन्नेमा हामी सबै सहमत नै छौँ । दीर्घकालिन व्यवस्थापनका लागि नगरपालिकाले ओमसतिया गाउँपालिकाको पट्खौलीमा जग्गा किनेको पनि छ । तर उक्त जग्गामा निर्माण गरिने फोहोर प्रशोधन केन्द्रलाई डम्पिंग साइट बनाउन लाग्यो भनी त्यहाँका कांग्रेस, जसपा, राप्रपा लगायतका राजनीतिक दलले भ्रम छरेका हुनाले विवाद भइ ३२ करोड बजेट फ्रिज भएको अवस्था सबैमा जानकारी छ । यसमा एमाले इतरका राजनीतिक दल गम्भीर भएनन् भन्ने मेरो गुनासो हो । आशा गरौँ, ओमसतियामा एमालेको अवस्था सुधार भएको छ भने अबको निर्वाचनमा मोहित यादवजीले गापा अध्यक्ष, र हाम्रो पार्टीबाट नै वडाध्यक्षमा प्रतिनिधि विजयी हुनुहुनेछ ।

फरक फरक राजनीतिक पार्टीको स्थानीय सरकार भएका कारण नै फोहोर प्रशोधन केन्द्र निर्माणका क्रममा विवाद सिर्जना भएको हो । यस असमझदारी हटाउन ओमसतियामा एमालेको नै स्थानीय सरकार बन्ने निश्चित भएका हुनाले भैरहवामा पनि मेरो विजयलाई सुनिश्चित गरी फोहोर व्यवस्थापनको दीर्घकालिन समाधान निकाल्ने कुरामा नगरबासीहरु गम्भीर हुनुहुन्छ भन्ने मेरो विश्वास छ।

भैरहवा युवाहरुको सहर पनि हो । समाजको यो वर्गले यहाँको पार्टीसँग गरेको अपेक्षा के हो ?
यहाँलाई म जानकारी गराउँ, सिद्धार्थनगरमा एमालेले उपमेयरमा पठाएको उम्मेद्वार युवा तथा खेलकूदसँग जोडिएको युवा नै हुनुहुन्छ । हामीले भैरहवाको विगतको खेलकूदको गौरब पुनजागृत गर्नका लागि वार्ड नं. ३ मा नयाँ खेलकूद मैदान बनाएका छौँ भने राष्ट्रिय स्तरको कभर्ड हलको निर्माण कार्य पनि वार्ड नं. ३ मा नै आरम्भ गरिएको छ । यस कार्यका लागि हाम्रो पार्टीका मेयर हरिप्रसाद अधिकारी धन्यवादका पात्र हो ।
आगामी दिनमा उपमेयर नै संरक्षक रहनेगरी हामीले य’वा तथा खेलकूदलाई समेट्ने कार्यादेशसहित नगरस्तरीय परिषद् गठन गर्न नियमावली ल्याउने र सोही परिषद्बाट युवा, खेलकूद, युवा स्वास्थ्य, य’वाको सिपअभिवृद्धि, युवारोजगारीका नीतिहरु, युवा सुरक्षा, मनोपरामर्श, द्रुव्र्यसनमा परेका युवाको पुर्नस्थापनालगायतका कार्य गरिनेछ ।

अन्तमा, थप केही भन्नुपर्ने भए भनिदिनुहुन डाक्टर सापलाई अनुरोध गर्दछु ।
भैरहवामा मैले माथि सोचेका र भनेका योजना नै सम्पूर्ण होइनन् । यहाँ रहेका विभिन्न संघसंस्थाको विकासको योजना बनाउनु छ । विभिन्न जातजातिका पहिचानलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याई भैरहवालाई सबै जात र धर्मका फुलबारीका रुपमा पहिचान दिलाउने योजना बनाउनु छ । यहाँका परम्परित पेशा र व्यवसायको जर्गेना र विकास गर्नु पर्नेछ, भैरहवाका बाहिरी क्षेत्रमा विकास भइरहेको अव्यवस्थित सहरीकरणलाई व्यवस्थित गरी बस्ती विकासको योजना बनाउनुपर्ने छ, साथै भैरहवाको भौतिक अस्तित्वलाई राजनीतिक रुपमा बचाउन यसलाई छेऊछाऊका स्थानीय तहहरुसँग समन्वय र राजनीतिक सहमति कायम राखि उपमहानगरका रुपमा विकास गर्न आजैका दिनबाट पूर्वाधार विकासको योजना बनाउने तयारीमा लाग्न माननीय घनश्याम भुसालको निर्देशन पनि रहेको छ ।

यी सबै काम हामीले हाम्रो मात्र ज्ञान, चेतना र योजना निर्माणबाट गर्न नसकौला, यसका लागि विज्ञसमुहहरुसँगको विषद् छलफल र परामर्श गरी योजना बनाउने र हाम्रो पार्टीसँगको समन्वयमा लागु गर्ने कुरालाई म लगायत हाम्रो पार्टीका नेताहरुको चासो भएको कुरा यहाँमार्फत् सबै नगरबासीमा जानकारी गराउँन चाहन्छु । अन्तमा, सबै नगरबासीहरुमा बैशाख ३० मा समयमा नै मतदान केन्द्रमा पुगी एमालका सबै उमेद्वारका पक्षमा भारी मतदान गरी विजयी बनाइ समृद्ध भैरहवाको हामी सबैको सपना सकार पार्ने योजनामा हातेमालो गर्न म आह्वान गर्दछु । -प्रस्तुती :मनोज रिजाल
.

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।