ताजा अपडेट »

समृद्ध तिलोत्तमाका लागि मोहनको मोडल

मंगलबार, २७ बैशाख २०७९, १६ : ३७
20 Shares

नेपालको संविधान २०७२ कार्यानवयनमा आइसकेपछि २०७४ सालमा विभिन्न चरणमा गरि स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । जसबाट निर्वाचित भएका जनप्रतिनीधिहरुको कार्यकाल सकिएको छ र संविधानले स्थानीय तहलाई जनप्रतिनीधि विहिन परिकल्पना नगरेका कारणले यही बैशाख ३० गते शुक्रबार देशैभर स्थानीय तहको निर्वाचन हुन गइरहेको छ ।

मुलुकभरका ७५३ तहमा आगामी नयाँ नेतृत्वको लागि विभिन्न दल तथा स्वतन्त्रबाट उम्मेद्वारी दिएर प्रतिष्पर्धामा छन् । सोही दौडमा रुपन्देहीबाट सञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका मोहन चापागाइँ पनि छन् । उनी रुपन्देहीको तिलोत्तमा नगरप्रमुखको लागि उम्मेद्वार रहेका छन् । देशमै चर्चा कमाएको नगरमा उनको प्रतिष्पर्धामा गृहमन्त्री बालकृष्ण खाँणका भाई रामकृष्ण खाँण छन् ।

निजी क्षेत्रबाट निरन्तर प्रकाशित देशकै पुरानो पत्रिका लुम्बिनी दैनिकका अध्यक्ष समेत रहेका चापागाइँ सामुदायिक रेडियो प्रसारक संघको केन्द्रिय नेतृत्व समेत गरेका छन् । त्यसैगरी मोफसलको पुरानो सामुदायिक रेडियो लुम्बिनीको पनि नेतृत्व गरेका छन् । सञ्चार उदमसँगै राजनीतिमा पनि सक्रिय चापागाँई नेकपा एमालेको तर्फबाट चुनावी मैदानमा छन् । मध्यम वर्गीय परिवारमा जन्म लिएका मोहन सानै उमेरदेखि नै आफूलाई एक सफल उद्यमीका रुपमा नेपाली समाजमा चिनाउन चाहन्थे । कक्षा ९ पढ्दा देखि नै उनले आफ्नो अध्ययन र अन्य खर्चका लागि घरपरिवारमा पैसा माग्न छोडिसकेका थिए । सानै देखि नै अध्ययनमा अब्बल रहेका उनले आफ्नो आम्दानीको प्रमुख स्रोतको रुपमा समकक्षी तथा आफू भन्दा सानो कक्षाका विद्यार्थीहरुलाई अतिरिक्त कक्षा लिने गरेका थिए । पढाइमा अब्बल र मिहिनेती रहेका कारणले गर्दा उनले विद्यालयमा सबैको माया र सम्मान पाएमा थिए ।

भ्रष्टाचार उन्मूलन देश–विकासको बलियो र प्राथमिक पक्ष भएकाले भ्रष्टाचार निर्मूल गर्दै विकासका गतिविधि अगाडि बढाउन सके मात्र देशले सबै पक्षमा प्रगति गर्न सक्छ भन्ने विषयमा प्रतिबद्धता सहित ‘समृद्ध नगर खुसी नगरबासी’ कार्यक्रमका लागि उनमा खास भिजन रहेको छ ।
विकेन्द्रीकरणको अभ्यास गर्दै गर्दा सामाजिक, आर्थिक र राजनीतिक गतिविधिमा भएका कमी–कजोरीको पहिचान गरी सुशासन र दिगो विकासलाई प्राथमिकता दिँदै शून्य भ्रष्टाचार उन्मुख कार्यप्रणाली स्थानीय तहमै लागू गर्न सकेमा देशमा विकासको जग बसाउन सकिन्छ । भ्रष्टाचार निर्मूल गर्ने कार्यमा स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिको विशेष भूमिका रहने जसमा आफूले देशकै लागि नमुना प्रस्तुत गर्नेमा शंका नमान्न अनुरोध गर्नु भएको छ ।

तिलोत्तमा नगरपालिकाको ग्रामिण बस्तीमा रहेको गरिबीको रेखामुनि रहेका जनतालाई आत्मनिर्भर व्यवसायमा सामेल गर्नका लागि युवाहरुलाई स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने र यसका लागि नेपालमै पहिलो पटक म मेरो जीवन अभावमा नभई दक्ष सिपका माध्यमबाट सञ्चालन गर्छु अभियान प्राथमिकताका साथ व्यवस्थापन गर्नेछन् । कृषिमा उत्पादकत्व बढाउनका लागि स्थानीयस्तरमा नै माटो परिक्षणका कार्यक्रमहरु सञ्चालन गरि पछिल्लो समयमा देखिएको उपभोत्तावादी अर्थतन्त्रलाई उत्पादन केन्द्रीत बनाई थप रोजगारी सिर्जना गर्नका लागि सहकारीका माध्यमबाट सामूहिक खेती कार्यक्रम चलाउने योजना रहेको छ । स्नातक तहको अध्ययन देखि जागिरे जीवनको सुरुवात गरेका मोहनले आफ्नो नगरका युवाहरुलाई स्वरोजगार, आत्मनिर्भर बनाउनका लागि विगतदेखी उद्यमशीलता विकासका कार्यमा लाग्नका लागि प्रेरित गरिहेका छन् ।

आगामी दिनमा स्थानीय सरकारको पहलमा नै पालिका भित्र बसोबास गर्ने सबै युवा जनशक्तिलाई कुनै न कुनै प्रकारको उद्यम सिपको विकास गराउने र यसका लागि विगतमा नगरपालिकामा भएका कार्यक्रमहरुलाई मार्गदर्शनका रुपमा अगाडि सारेका छन् । विगत १३ वर्षदेखि निरन्तर रुपान साईन रेशुङ्गा बैंकको सञ्चालन समिती तथा विगतमा विभिन्न सहकारी हुदै अर्थ मन्त्रालयमा काम गरेको अनुभव र यस अगाडिका जनप्रतिनिधिले बनाएको विकासको नमुनामा बढी भन्दा बढी स्थानीय जनसहभागितालाई प्रोत्साहित र आर्कषित गरि विकास निर्माणका कार्य , सोको र सोको बारेमा आवश्यक जानकारी प्राप्त गर्ने ज्ञान केन्द्रका रुपमा तिलोत्तमा नगरपालिकाकालाई स्थापित गराउने आर्थिक विकासको सोँच उनीमा रहेको पाइन्छ । देशका लागी नमुना रुपमा रहेका गाईफार्म तथा अस्टिज फार्म कुषि , पशुपन्छी पालनका लागि आवश्यक पर्ने ज्ञान प्रशारण गर्ने केन्द्रका रुपमा स्थापित गराई कुषिको आधुनीकिरणको अभियान सुरुवतात गराई कृषि पर्यटनको विकास गर्ने योजना रहेको छ । सिमित स्रोत र साधनको प्रयोग गरि विकासका हरेक योजनालाई दीगो विकासका लक्ष्य अनुरुप सञ्चालन गर्ने र जनप्रतिनीधिहरुलाई श्रम र आत्मनिर्भताको अभियानमा जोड्ने रणनीतिक महत्वको कार्यक्रम निर्माणमा अग्रसर रहने देखिन्छ ।

नागरिकहरुको आर्थिक अवस्था मजबूद बनेमा मात्रै स्थानीय अर्थतन्त्र स्वाधिन बन्ने भएकोले नागरिकहरुलाई व्यापार , व्यवसाय ,उद्यम तथा आय आर्जनका क्षेत्रमा लगानु नै आफ्नो आर्थिक चिन्तन हो । आफ्नो व्यापार व्यवसाय सञ्चालन गर र सो कार्य गरे पाबत स्थानीय सरकारलाई प्रचलित कानुन अनुसार कर तिर भन्ने अभियानको उनि अभियान्ता रहेको कारणले पनि उनि आफु कर राजस्व र यसको प्रभावकारी , वैज्ञानिक सदुपयोगका क्षेत्रमा दृढ रहेका छन् । आम नगरबासीहरुलाई करको भार वृद्धि नगरिकन अर्थ व्यवस्थापनका सम्धावित विकल्पका बारेमा अध्ययन गर्ने र सेवाग्राहीहरुलाई एकद्धार प्रणालीका माध्यमबाट सेवा प्रवाह गर्नुका साथै सम्पूर्ण आर्थिक किर्याकलापलाई डिजीटल बनाउने र यसमा देशकै पहिलो नगरका रुपमा स्थापित गराउने आफुसँग ठोस कार्ययोजना रहेको छ ।

वैदेशिक रोजगारीबाट प्राप्त गरेको ज्ञान र सिपमा आधारित पेसा व्यवसाय सञ्चालन गरि स्थानिय स्तरमा रोजगारीका अवसरहरु सिर्जना गर्नको निम्ति विदेशको अनुभव ज्ञान , सिप समृद्ध पालिका निमार्णको आधार भन्ने कार्यक्रम सञ्चालन गर्ने मौलिक योजना समेत रहेको छ ।
पत्रकारिताको माध्यमबाट चपागाइँले समाजलाई राम्रोसँग चिनेका छन्, स्थानीय आवश्यकता र मागलाई बुझेका छन्। स्थानीय ठूला सञ्चार माध्यमको मात्रै नभई केन्द्रिय छाता संगठनको सफल नेतृत्व गरेका उनी अर्थमन्त्रीका प्रेस सल्लाहकार पनि थिए । पार्टीका विभिन्न जिम्मेवारी हुँदै नगरको नेतृत्वका लागि अग्रसर मोहनमा कुशल नेतृत्व गर्ने अनुभव र सामथ्र्यसँगै विकासको मोडल बारे पनि ज्ञान छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।