ताजा अपडेट »

कपिलवस्तुको महाराजगञ्जमा उपमेयरकी उम्मेदवार कुर्मीको मृत्यु

मंगलबार, २७ बैशाख २०७९, १३ : ४८
7 Shares

बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार बनेकी शुभावति कुर्मीको मृत्यु भएको छ ।

निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । कुर्मी महाराजगन्ज नगरपालिका–२ गैडहवाकी बासिन्दा हुन् ।

उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको मंगलबारको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए । निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रिया अघि बढ्ने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।