ताजा अपडेट »

निर्वाचन मेलाको शुभकामना

मंगलबार, २७ बैशाख २०७९, १५ : ०१
20 Shares

जनताले जनताद्वारा जनताका लागि गरिने शासन नै लोकतन्त्र हो । लोकतन्त्रमा जनतालाई आफुले चाहेको जनप्रतिनिधि छानेर सरकारमा पठाउने चलन हुन्छ र प्रतिनिधि छान्ने प्रक्रिया वा एउटा आधारभूत व्यवथा नै निर्वाचन वा चुनाव हो । विश्वको परिवेश हेर्दा प्रतिनिधि छान्ने अन्य तरिका पनि छन् । तर, लोकतान्त्रिक व्यवस्थामा धेरै देशहरुमा निर्वाचन मतदान प्रणाली नै उत्तम आधार मानिएको छ । त्यस्तै नेपालमा हालका दिनहरु स्थानीय निर्वाचन २०७९ बैसाख ३० गतेका लागि निर्वाचन मिति घोषणा भई नजिकिँदै छन् । जसमा स्थानीय सरकारको जनप्रतिनिधि छानिनको लागि उम्मेदवार छनौट भई सबैले आ–आफ्नो ठाउँबाट अरुलाई कमजोर र आफूलाई अब्बल तथा राम्रो बन्ने होडबाजीमा उम्मेदवार लागि परेका छन् ।

हुँदै गरेको यस निर्वाचनमा करिब ८० दल वा स्वतन्त्रबाट गरी जम्मा डेढलाख बढी उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । लोकतान्त्रिक व्यवस्थाको यस निर्वाचनसम्म सभ्य, भब्य प्रक्रियागत रुपमा आफूले बिगतमा गरेका वा भविष्यमा गरिने सामाजिक सेवा, विकास निर्माण तथा देश, स्थानीय तह जनतामा गरेका सकरात्मक कुराहरुको एजेन्डा वा घोषणापत्र बमोजिम जनताको मन जितेर आफु विजय भई देश जनतालाई साथ सहयोग गर्ने हो तर, यस्तो थोरै मात्रामा पाइने गरेको छ िस्थानीय तह निर्वाचन २०७४ होस् या आजसम्मको स्थानीय तह निर्वाचन २०७९ हेर्दा निर्वाचन एउटा मेला जस्तो देखिने बुज्न सकिन्छ ।

आफ्नो सहि योजना, घोषणापत्र भन्दा पनि गित संगीत बाजा,गाजा र बाईक रयालि, फेसबुक बुस्टिङ जस्ता प्रचारशैली बढी देख्न पाईन्छ । देश भर्खर कोरोनाको चपेटाबाट उठ्नको लागि पखेटा फैलाउन खोजिरहँदा आर्थिक हिसाबले करिब १५ अर्ब खर्च अनुमान गरिएको छ । भिडभाडको हिसावले फेरी कोरोनाको माहोल बढ्न सक्ने प्रक्षेपण समेत गरिएको देखिन्छ । छिमेकी रास्ट्र श्रीलंकाको अर्थतन्त्रमा मन्दी देखिरहँदा नेपाल समेत त्रासित भईरहेको अवस्था देशमा स्थानीय निर्वाचन सम्पन्न हुने क्रममा छ ।

स्थानीय निर्वाचनमा खासगरी उम्मेदवार स्थानीय तहको नै हुने र जसले जनतासंग प्रत्यक्ष रुपमा सम्पर्क राखी जनताको भावना अनुरुप विकास निर्माण गर्ने सिद्धान्त रहेको छ । तर, यस्तो कतै सिद्दान्तमा मात्रै कायम हो की भन्ने पनि धेरैको बुझाई रहेको छ । स्थानीय तहको निर्वाचनलाई जनताद्वारा मेला पनि भनिएको पाइन्छ । स्थानीय तह निर्वाचन २०७४ बाट दोहोरिँदा जनप्रतिनिधिहरु जसले ५ वर्षमा सामाजिक काममा अलिकति पनि व्यक्तिगत पैसा खर्च नगरेको तर यी चुनावी दिनहरुमा खर्च गरेको देख्न सकिन्छ िहिजोका दिनहरुमा समृद्ध स्थानीय तह शिक्षा, स्वास्थ्य, खानेपानी, विकास निर्माणका अस्वासन दिएर छनौट भई गएका जनप्रतिनिधिहरु आज खेतवारीमा काम गर्दै गरेका एक छाक खान दिनभर काम गर्नुपर्ने उनै जनतासंग झण्डा ५/७ जना संगै जनप्रतिनिधि नमस्कार भन्दै भोट माग्दै फोटो खिच्दै हिँडेको देख्न सजिलै सकिन्छ ।

सामाजिक संजालमा आ–आफ्नो धारणा व्यक्त गरेका देखिन्छन । पार्टीको नाममा आमने–सामने घरले बोली बारेकोसम्म देख्न सुन्न सकिन्छ । उम्मेदवारलाई निर्वाचन आचारसंहिता तोकिएपनि लुकिछिपी आचारसंहिता उलंघन गर्दै मासु,मदिरा, नगद, पेट्रोल वितरण जस्ता भड्किला प्रचार शैली बढी देखिन्छ । तिहारमा रोक लगाईने देउसी–भैलो र गीतहरु २४ सै घण्टा गाडीहरुमा टोल–टोलमा पार्टी र उम्मेदवारका जोड जोडले कोलाहल पूर्ण गित घन्किरहेका छन कसैलाई दिक्क लाग्दै छ त् कोहि गीतमा गित गाउँदै नाच्दै नारामा झुम्दै छन् । यस्तो देखिरहँदा निर्वाचन एक सहि जनप्रतिनिधि छान्ने प्रणाली भन्दा पनि मेलाको रुपमा बुझ्न सकिन्छ । अझ भन्नुपर्दा खास निर्वाचनको मर्म वा अर्थ जनताले चाहेको प्रतिनिधि छनौट गर्ने वा नगर्ने हो आफ्नो सहि मतको प्रयोगबाट योग्य प्रतिनिधि छनौट गर्ने हो । तर, आजकल निर्वाचनमा गठबन्धन गरि बिभिन्न पार्टीहरु भागबण्डागरी पुन योग्य होस् या नहोस धेरै पार्टी मिलेर उम्मेदवार खडा गर्ने जसले गर्दा योग्य प्रतिनिधि छनौट नहुन सक्ने देखिन्छ ।

तसर्थ पार्टी भन्दा व्यक्ति बिशेष प्रणाली अबलम्बन गर्दा राम्रो हुन सक्ने देखिन्छ । पक्कैपनि दक्ष योग्य क्षमतावान् प्रतिनिधि छनौट हुनेछन आफ्नो स्थानीय तहमा राम्रो राम्रो काम गर्नेछन आयात न्यूनीकरण गर्दै स्थानीय उत्पादनलाई निर्यातमा जोड दिनेछन , आफ्नो स्थानीय तहमा बिकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी रोजगारी मार्फत जनतालाई आफूले चुनेको जनप्रतिनिधिबाट पछुतो हुन दिनेछैनन् ।
स्थानीय सरकारको महत्व बुझाउने छन् । आज कुनै–कुनै व्यक्तिगत स्वार्थ लिइरहँदा भोलि तेही स्वार्थ जनतामाथिको कर र दायित्व हुनेछ । स्थानीय निर्वाचान २०७९ को सबैमा शुभकामना । तपाईको आफ्नो एक अमुल्य मतले देशलाई कुन तवरले अगाडि बढाउने भन्ने महत्व राख्दछ । बुझ्नुहोला सहि नेतृत्व सहि उम्मेदवार हाम्रोलाई होइन, राम्रोलाई मतदान गर्नुहोला।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।