ताजा अपडेट »

गृहमन्त्रीकै क्षेत्रमा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

मंगलबार, २७ बैशाख २०७९, ११ : ४०
1 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका-१६ बिहुलीका सन्जीत भण्डारी घाइते भएका हुन् ।

आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ । सोमबार राति साढे ११ बजेतिर पाँच-छ  जनाको संख्यामा आएका कांग्रेस कार्यकर्ता सिधै उनको घरमा प्रवेश गरी भण्डारीमाथि आक्रमण गरेका हुन् । घाइतेको अहिले क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको छ ।

इलाका प्रहरी कार्यालय रुपन्देहीले घटना भएको जानकारी दिँदै यस विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी हवल्दार सुरविर बिसीले कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्ता पिटिएको जानकारीमा आएकाे बताए ।

अहिलेसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन । तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।