ताजा अपडेट »

'मतदान केन्द्रमा त्रिपालकाे व्यवस्था गर्नू'

मंगलबार, २७ बैशाख २०७९, ०८ : ५५
2 Shares

काठमाडौं । स्थानीय तहकाे निर्वाचनकाे मतदानकाे दिन अर्थात ३० वैशाखमा वर्षाकाे आँकलन गरिएपछि निर्वाचन आयाेगले हरेक निर्वाचन केन्द्रमा पाल/त्रिपालकाे व्यवस्था गर्न निर्देशन दिएकाे छ ।

वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आयोगले सरकारी निकायलाई निर्देशन दिएको हाे ।

शुक्रबार बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा पाल/त्रिपाल वा 
प्लाष्टिकको व्यवस्था गर्न आयोगले भनेकाे हाे ।  स्थानीय तहका सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन भनिएकाे छ । 

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरूलाई निर्देशन दिने निर्णय गरेको हो । साथै, सोको आवश्यक समन्वय एवम् सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।