ताजा अपडेट »

२७ औं कालीगण्डकी युथ क्लब भलिबल प्रतियोगिताको उपाधि गल्याङ युवा क्लबलाई

सोमबार, २६ बैशाख २०७९, २२ : ३८
2 Shares

पुर्तिघाट । कालीगण्डकी युथ क्लब पुर्तिघाट गुल्मीले आयोजना गरेको साबिक वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि गल्याङ युवा क्लबले हात पारेको छ ।

क्लबले आफ्नो २७ औं वार्षिक उत्सबको अवसरमा आयोजना गरेको साबिक वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि गल्याङ युवा क्लबले सित्तल चौपारी युवा क्लब बराचौर पर्तव लाई ३-० को सोझो सेट निकाल्दै उपाधी हात पारेको हो । बेस्ट अफ फाइभमा भएको फाइनल खेलमा गल्याङले बराचौरलाई २५-१५, २५-१९ र २५-२० को सोझो सेटमा आफ्नो जित निकालेको हो ।

उपाधीसँगै गल्याङ युवा क्लबले प्रथम पुरस्कार ६० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको बराचौर पर्वतले ४० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा २ टिमले तेस्रो स्थान हासिल गरेका छन् । सरस्वती युथ क्लब लुङ्दी र मङ्गोलियन युथ क्लब मरिमले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छने ।

गण्डकी प्रदेशको स्याङ्जा, बागलुङ, पर्वतसहित ४२ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक बिक्रान्त श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा वेस्ट स्पाइक सरस्वती युथ क्लब लुङ्दीका लोचन आलेले प्राप्त गरेका छन् । त्यस्तै वेस्ट ब्लकर बाग्लुङ खोलाखानी युवा क्लबका सुर्य जङ क्षेत्री, वेस्ट लिब्रो सित्तल चौपारी पर्वत बराचौरका सुदिप पुन, अनुशासित खेलाडी गल्याङका सुदिप राना र उत्कृष्ट खेलाडी गल्याङकै उमेश सेन्चुरीले प्राप्त गरेका छन् । उनीहरुलाई १ तोलाको चाँदिको मेडल प्रदान गरिएको खेल संयोजक नवीन थापाले जानकारी दिए । भलिबल प्रतियोगितासँगै विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।  क्लबका अध्यक्ष सुमोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन  बिक्रान्त श्रेष्ठले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।