Aug 8, 2022
तिलोत्तमा । स्थानीय तह २०७९ को निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले तिलोत्तमाले चुनावी प्रचार–प्रसारलाई तीब्र बनाएको छ । भर्खरै मात्रै घरदैलोको कार्यक्रम सकेको तिलोत्तमाले विभिन्न वार्डमा सोमबार मोटर साइकल रयाली सम्पन्न गरेको छ । सोही अन्तर्गत वाड नम्बर १ ले सोमबार वार्डका विभिन्न ठाऊँमा मोटर साइकल रयाली सम्पन्न गरेको छ ।
वार्ड नम्बर १ को प्रचारप्रसार कार्यालयबाट सुरू गरिएको रयाली विभिन्न ठाउँमा पुगेको थियो । हजारौं स्थानीयको उत्साहजनक सहभागितामा रयाली सम्पन्न गरिएको नेकपा एमाले तिलोत्तमा १ ले जनाएको छ । तिलोत्तमा नगरपालिकाका मेयर पदका उमेदवार मोहन चापागाईं र उपमेयर पदका उम्मेदवार जागेश्वरी देवी चौधरी सहित रयालीको आयोजना गरिएको थियो । तिलोत्तमाको वाड नम्वर १ मा वडा अध्यक्ष पदमा फर्सुराम गिरीले उमेदवारी दिएका छन् ।
वार्ड अध्यक्ष पदका उम्मेदवार गिरीले आफूले निर्वाचनमा जीत हासिल गरेमा तिलोत्तमा वाड नम्बर १ को हरेक विकासमा आफू दिन रात नभनी जनताको सेवामा खट्ने प्रतिवद्दता व्यक्त गरे। वितेको ५ वर्षको अवधिमा वाडको बजेटले भ्याएसम्मका विकास निर्माणका काम गरेको र अब फेरि जितेमा अपुरो र अधुरो काममलाई पूरा गर्नेतर्फ आफ्नो टिम सक्रिय रहने बताए । गिरीले सातै सूर्यमा मतदान गरि आफ्नो टिमलाई विजयी बनाउन सम्पूर्ण तिलोत्तमा बासीलाई आग्रह गरेका छन्।
त्यस्तै सदस्य पदका उमेदवारले पनि सबै टिम मिलेर वार्डको हितमा काम गर्ने अठोट गरेका छन् । महिला सदस्य पदमा गिता देवी न्यौपानेको उमेदवारी परेको छ । त्यसैगरी दलित महिला सदस्यमा हिरादेवी बिकले उमेदवारी दिएका छन्। त्यस्तै खुला सदस्य पदमा विष्णुप्रसाद पाण्डे र खुला सदस्य पदमै मिलन रानाले उम्मेदवारी दिएको नेकपा एमाले तिलोत्तमाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्