ताजा अपडेट »

असुरक्षित बन्दै गृहमन्त्रीको जिल्ला, बुटवलमा एमाले उम्मेद्वार सवार गाडीमा ढुङ्गा प्रहार

सोमबार, २६ बैशाख २०७९, २० : ४७
4 Shares

बुटवल । रुपन्देही बुटवल १२ मा नेकपा एमाले उम्मेदवार सवार गाडीमा सोमबार साँझ आक्रमण भएको छ । प्रचार-प्रसारमा हिँडिरहेका बेला बुटवल १२ का वडा अध्यक्ष उम्मेदवार देबि रेग्मी सवार बा २० च ६ ७८५ नम्बरको गाडी आक्रमण भएको हो ।

घटना लगत्तै थप अनुसन्धानका लागि प्रहरी टोली खटाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जमनकारी दिए । नम्बर नखुलेको स्कुटरमा आएका दुई जना व्यक्तिले गाडी अगाडि सिसामा ढुङ्गा प्रहार गरेको उक्त गाडीका चालकले बताएका छन् । गठबन्धन दलका व्यक्तिहरुले नियोजित रुपमा आक्रमण गरेको भन्दै एमाले नेताहरुले दोषीलाई तत्काल पक्राउ गरि कारबाहीको माग गरेका छन् ।

ढुङ्गा प्रहारबाट गाडीमा अगाडिको सिसा फुटेको छ भने ठूलो मानवीय क्षतिबाट बचेको पीडितहरुले बताएका छन् । गृहमन्त्री बमलकृष्ण खाँणको जिल्ला नै यसरी असुरक्षित हुनुले गठबन्धन दलमा हारको मानसिकता हुनुका साथै निर्वाचन निस्पक्ष हुनेमा संका उत्पन्न भएको एमाले नेताहरुको आरोप छ । ढुङ्गा प्रहारबाट क्षति भएको गाडीलाई प्रहरी चोकी नयाँगाउँमा राखिएको छ  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।