२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

बुटवल । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले गृहमन्त्री बालकृष्ण खाणका कारण रुपन्देहीको चुनाव भयरहित हुने कुरामा आशंका पैदा भएको बताएका छन् । निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित हुनुपर्ने बताउँदै भुसालले केही दिनयता रुपन्देहीमा गृहमन्त्रीको योजना र सहभागितामा भएका आचारसंहिता विपरीतका कार्यक्रमले यस्तो संकेत गरेको बताए ।

Advertisement

सोमबार दिउँसो भैरहवामा पत्रकारहरुसँग कुरा गर्दै भुसालले भने- ‘गृहमन्त्री मतदातालाई प्रभावमा पार्न आयोजना गरिएको भोजमा सामेल हुनुभएछ । शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मा यतिबेला विशाल भोजभतेर चलेको खबर छ, यो गलत हो , यसो गरिनुहुँदैन ।’ भुसालले गृहमन्त्रीले जिल्लाभरका सुरक्षा अधिकारीसहित दलबलका साथ पदीय दुरुपयोग गरेर यस्ता कार्यक्रममा जानु ठिक नभएको भुसालले बताए । भुसालले गृहमन्त्री खाण आफ्नो सानैदेखिको साथी भएकोले यस्तो काम नगर्न सुझाव दिएको बताए ।

भुसालले गृहमन्त्री जहाँ जान्छ डर, त्रास र आतंक लिएर जान्छ भन्ने आवाज रुपन्देहीमा अहिले धेरै गुनासो उठ्ने गरेको बताए । आफूले उक्त कुराको संकेत गृहमन्त्रीलाई गरेको भएपनि नरोकिएको भुसालले बताए । ‘यस्ता विषयमा प्रश्न उठेपछि निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित गराउन निर्वाचन आयोग गम्भीर हुनुपर्ने हो, के के भइरहेको छ, हामीले केही नभई कुरा उठाएका छैनौ’ उनले भने ।

भुसालले निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित बनाउन र आचारसंहिता उल्लंघनमा सबैलाई खबरदारी गर्न पत्रकारहरुले ध्यान दिनुपर्ने बताए । उनले मतदातालाई कसैले पनि प्रभावित गर्न नहुने बताए । उनले भने, ‘मतादाता कसरी प्रभावमा पार्न खोज्छ यसको खोज पत्रकारहरुले पनि गर्नुपर्ने भयो, म र मेरो पार्टी तपाईहरुलाई सहयोग गर्न तयार छ ।

प्रतिकृया दिनुहोस्

Flash News

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने