२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

काठमाडौं । राजनीतिक दलका नेताहरूबीच स्थानीय तह निवार्चनका बेला मतदातालाई प्रभावित पार्न लोडसेडिङ अन्त्यको जस लिने होडबाजी चलेको छ । लोडसेडिङ भने चार वर्षअघि भएको थियो । त्यतिबेला १८ घन्टा लामो लोडसेडिङ अन्त्य भएको थियो । 

Advertisement

तर, सोमबार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रेस नोट जारी गर्दै लोडसेडिङ अन्त्य गर्नेको जस लिए ।उनले भनेका छन्, ‘नेपाली कांग्रेसले नै ऊर्जा सङ्कटबाट देशलाई लोडसेडिङ अन्त्य गर्ने कार्यको सुरुवात गरेको हो । विद्युत आयात गर्ने अन्तरदेशीय ढल्केबर–मुजफ्पुर प्रशारण लाइन र सबस्टेशन निर्माणको कामको सुरुवात नेपाली कांग्रेसको पालामा भएको हो ।’

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि लोडसेडिङ अन्त्य गरेको दाबी गरे । ६७ बुँदे अपिल पत्रको २७ नम्बरमा ओलीले लेखेका छन्, ‘नेकपा (एमाले)को सरकारले देशलाई ऊर्जा सङ्कटको स्थितिबाट लोडसेडिङ मुक्त बनायो ।’यी दुई दलका नेताले मात्र होइन, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि लोडसेडिङ अन्त्य आफ्नो सरकारले गरेको दाबी गर्दै आएका छन् ।

उक्त पार्टीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले आफूलाई अहिले पनि उज्यालो नेपालका  अभियन्ता बताउने गरेका छन् ।दोस्रो पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउनमा प्रधानमन्त्री  भएका बेला ऊर्जामन्त्री रहेका शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेका थिए । 

नियुक्त भएपछि सोही वर्षको तिहारमा काठमाडौंलगायत देशका ठूला सहरमा लोडसेडिङ  अन्त्यको गर्न थालेका थिए । एकातिर विद्युत चुहावट नियन्त्रण र अर्कोतिर आपूर्ती  व्यवस्थापनमा ध्यान दिँदै ठाउँठाउँमा ट्रान्सफर्मर परिवर्तन गरिदिएका थिए ।जसका कारण  क्रमशः १८ घण्टा लामो लोडसेडिङ घट्दै अन्त्यमा औधोगिक क्षेत्रमा मात्र साढे ३ घण्टा  लोडसेडिङ थियो ।

दिक्दारलाग्दो लोडसेडिङ घट्दै गएपछि सरकार प्रमुख प्रचण्ड, विभागीय मन्त्री शर्मा र  लोडसेडिङ अन्त्य अभियानको नेतृत्वको रूपमा घिसिङको चर्चा चुलिएको थियो । र, लोडसेडिङको औपचारिक अन्त्य भने ३१ वैशाख २०७५ मा भएको थियो । जतिबेला  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री थिए ।

प्रचण्डको पालामा लोडसेडिङ अन्त्यको प्रक्रिया थालनी भएर अन्त्य भएको घोषणा भने ओलीको पालामा भएको थियो । यही लोडसेडिङ अन्त्यको प्रारम्भिक काम भने कांग्रेस नेतृत्वको सरकारको पालामा भएको कांग्रेस प्रवक्ता महतले दाबी गरेका हुन् । 

प्रतिकृया दिनुहोस्

Flash News

प्लास्टिक झोला प्रतिबन्ध : कार्यान्वयनमा चूनौतीपूर्ण पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट अटो रिक्सामा सवार ३ जनाको मृत्यु, एक घाइते मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति