२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं ।  स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको छ । नेपाल प्रहरीको कमाण्डमा एक लाख म्यादी प्रहरी निर्वाचनका लागि खटिएका हुन् । निर्वाचन सुरक्षा खटिएका चार जना म्यादी प्रहरीको अहिलेसम्म ज्यान गइसकेको छ । 

Advertisement

नेपाल प्रहरीले उपलब्ध गराएको ११ वैशाखदेखि २६ वैशाखसम्मको तथ्यांकअनुसार विभिन्न जिल्लामा गरेर चार जना म्यादी प्रहरीको मृत्यु भएको हो । काठमाडौं उपत्यकामा एक जना, बागमती प्रदेशमा दुईजना र कर्णाली प्रदेशमा एकजना गरी चारजना म्यादी प्रहरीको मृत्यु भएको हो । 

त्यस्तै झडपमा परी २३ जना म्यादी प्रहरी र १६ जना जनपद प्रहरी गरी ३९ जना घाइते भएका छन् । घाइते हुनेमा प्रदेश १ मा चारजना, मधेश प्रदेश र बागमती प्रदेशमा ६/६ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक एकजना म्यादी घाइते भएका छन् । 

त्यस्तै सुदूरपश्चिम प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुईजना, गण्डकी प्रदेशमा चारजना गरी १६ जना प्रहरी घाइते भएका छन् । 

निर्वाचनको सुरक्षामा खटिएको समयमा ज्यान गुमाउने सुरक्षाकर्मीलाई २० लाख आर्थिक सहायता दिने निर्णय सरकारले गरेको थियो । गृहमन्त्री बालकृष्ण खाँणको प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियो । 

निर्वाचन सुरक्षाको क्रममा घाइते भएका सुरक्षाकर्मी उपचार पनि राज्यले नै गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश