२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

चितवन । धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियार (कान)को शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगिएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

Advertisement

बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरुले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल कलेजबाट निकाल्न दिइएको हो ।

हत्याको विरोधमा भरतपुरमा एक घण्टा चक्का जाम गरिएको थियो भने कार्यकर्ताले एउटा म्याजिकमा तोडफोड पनि गरेका छन् । भरतपुर महानगरपालिका-७ स्थित कृष्णपुर खेल मैदान नजिकै आइतबार राति करिब साढे ७ बजेको समयमा अज्ञात समूहले परियारलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेकाे हाे । 

घटनास्थलमा गोलीको दुईवटा खोका पनि फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । ‘घटना हुनुमा अहिलेसम्म कुनै राजीनितिक कारण देखिएको छैन्’, उनले भने, ‘पीडितको पक्षबाट जाहेरी आएपछि पोष्टमार्टमको काम हुन्छ ।’ परियारलाई उनकै साथीले घटनास्थलसम्म लगेको खुलेको उनले बताए ।

उपचारका लागि चितवन मेडिकल कलेजतर्फ लैजाँदै गर्दा परियारको मृत्यु भएको हो । नेपाली कांग्रेस चितवन र विभिन्न भ्रातृ संगठनले सोमबार विज्ञप्ति निकालेर हत्यामा संलग्नलाई छिटोभन्दा छिटो पक्राउ गरेर कडा कारबाही गर्न माग गरेका छन् ।

भरतपुर-१२ निवासी परियारको हत्या निर्वाचनसम्बन्धी विषयका कारण नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताएका छन् । एसपी अधिकारीले भने, ‘अहिलेसम्म चुनावसँग सम्बन्धित देखिएको छैन, हामी अनुसन्धान गर्दै छौं ।’ परियार ज्यान मार्ने उद्योगमा जेल बसेर गत वर्ष रिहा भएका थिए ।

उनको भारतीय गुण्डाहरुसँग राम्रो चिनजान थियो । उनी बेलाबखत भारत जाने र भारतीय साथीहरु पनि चितवन आइरहने गरेको स्रोत बताउँछ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको हत्यामा भारतीय एक नागरिकको पनि संलग्नता रहेको प्रहरीको आंशका छ । सोही व्यक्तिलाई पक्राउ गर्नका लागि चितवन प्रहरीले सबै प्रहरीलाई सर्कुलर जारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग