ताजा अपडेट »

चुनावको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस

सोमबार, २६ बैशाख २०७९, ०८ : ३६
4 Shares

काठमाण्डाैं । स्थानीय तहकाे चुनावकाे चार दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसले आज साेमबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्ने भएकाे छ । दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ । आइतबार मात्र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।