२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाण्डौं । अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् ।सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् ।  

Advertisement

युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना अहिले दुवै मित्रवत् व्यवहारसहित विश्व शान्तिको कामना गर्दै आरोहणका लागि क्याम्प २ पुगेका छन् । दुवै क्याम्प १ बाट क्याम्प २ मा पुगेर संयुक्त अभ्याससमेत गरिरहेका छन् ।  पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीका अनुसार सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४४ पुरुष गरी कुल ३१७ जनाले आरोहण अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहणबाट मात्रै ३९ करोड ६८ लाख ५१ हजार चार सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।

अघिल्लो वर्ष सन् २०२१ को वसन्तयामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए । सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुवै मोहडाबाट चार सय आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए ।

तीमध्ये ११ जना शेर्पा आरोहीको टोलीले सगरमाथाको चुचुरोमा पाइला राखेसंगै वसन्तयामको सगरमाथा आरोहण सुरु भएको छ । कीर्तिमानी आरोहीका कामिरिता शेर्पा नेतृत्वको ११ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगेसँगै सगरमाथाको व्यावसायिक आरोहण सुरु भएको हो । -गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…