ताजा अपडेट »

'चुनावी घरदैलोमा अपरिचित व्यक्तिले दिएको केहिपनि नखानु'

आइतबार, २५ बैशाख २०७९, १८ : ४४
4 Shares

बुटवल । चुनावी घरदैलोका क्रममा दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिले दिएको केीहपनि नखान आग्रह गरेको छ । अभियानका क्रममा प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव हुने गरेको र सो खाएपछि बिरामी पर्ने गरेको भन्दै सचेत रहन आग्रह गरेको हो ।

‘स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव भई प्रसाद वा सगुन सेवन गरेपश्चात् कोही बेहोस हुने र कोही चक्कर लागेर लड्ने जस्ता घटनाहरु घटेको पाइएकोले निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्तो सूचना भए नेपाल प्रहरीलाई तत्काल जानकारी गराउन हुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ।’ प्रहरीले भनेको छ ।

आइतबार सर्लाहीमा वडाध्यक्षका उम्मेद्वारसहित ५ जनालाई खानामा विष मिलाई खुवाएपछि प्रहरीले यस्तो आग्रह गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।