ताजा अपडेट »

युवालाई एमालेमा मतदान गर्न अध्यक्ष ओलीको आग्रह

आइतबार, २५ बैशाख २०७९, १६ : ०८
4 Shares

बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाका लागि एमाले पार्टी उपयुक्र्त रहेको भन्दै एमालेलाई मतदान गर्न आग्रह गरेका छन् । एमाले रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले विशेषगरी नयाँ मतदाता युवाहरुलाई एमालेलाई मतदान गर्न आग्रह गरेका हुन् ।

उनले आफ्नो पार्टीले स्वरोजगारलाई प्रोत्साहन गर्दै रोजगार सिर्जना गर्ने बताए । उनले भने ‘ यहाँ कोही कोहीले ५ ÷६ जनालाई विदेश पठाउँछु भनेका छन् हामीले ५ /६ जना होइन ५/६ हजारलाई नै ठाउँ–ठाउँमा रोजगार दिने व्यवस्था गर्नेछौं । जसले गर्दा युवाहरु विदेशिनु पर्नेछैन र स्वदेशमै परिवारसँग रमाएर आय आर्जन गर्न सक्दछन् । ’ उनले एमालेमा युवाहरुको आकर्षण बढ्दो रहेको दावी समेत गरे ।

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमालेका उम्मेद्वारहरुलाई मतदान गर्न आग्रह गरे । उनले भने ‘यो देशको विकास गर्न,चुच्चे नक्साको भूभाग फिर्ता गर्न, कृषिको आधुनिकरण गर्नका लागि , राष्ट्रिय स्वाभिमान,आधुनिक नेपाल,विकसित नेपाल निर्माणका लागि सहकार्य गरौं , एमालेलाई मतदान गरौं, एमालेलाई जिताऔं । त्यसको लागि स्थानीय तहबाट सुरु गरौं । ”

बुटवलको देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको प्राङ्गणमा भएको कार्यक्रममा तोकिएको समयमा भन्दा ढिला आएका ओली आफ्नो सम्बोधनपछि चितवनमा हुने आमसभालाई सम्बोधन गर्न चितवनतर्फ लागेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।