ताजा अपडेट »

संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

आइतबार, २५ बैशाख २०७९, १५ : ३६
28 Shares

काठमाडौं । सरकारले संघीय संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले संघीय संसदको बैठक आउँदो ३ वा ४ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । 

१५ जेठमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय (बजेट) ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको सरकारले संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।