ताजा अपडेट »

एमालेले किल्ला ठान्ने मालारानीमा गठबन्धनले बिजय सुनिश्चित: क्षेत्री

आइतबार, २५ बैशाख २०७९, १४ : ५१
4 Shares

अर्घाखाँची । २०७४ सालको स्थानीय तहमो निर्वाचनमा मालारानी गाउँपालिका अध्यक्ष उपाध्यक्ष नेकपा एमालेले जित हासिल गरेको पालिकामा आउदो वैशाख ३० गते हुने निर्वाचनमा संयुक्त गठबन्धनले जित हासिल गर्ने कांग्रेस ससंदीय दल लुम्बिनी प्रदेशको सचेतक निर्मला क्षेत्रीले बताउनु भएको छ । आज मालारानी ५ बाँगीको गुरासेमा चुनावी सभामा बोल्दै क्षेत्रीले यस्तो बताएकी हु्न् ।

चुनाव नजिएकाले दुई चार दिनको लागि विभिन्न प्रलोभन देखाएर आकर्षण गर्ने प्रति जनता सचेत भएको बताइन् । गठबन्धनको तर्फबाट पालिका अध्यक्ष पदम क्षेत्री र उपाध्यक्ष पदमा सोभाखर खनाल रहेका छन् । उनले जित्ने आधार बनाइसकेको समेत बताइन । ५ नम्बर वडामा गठबन्धनको तर्फबाट विष्णु प्रसाद आचार्य लगायतका उम्मेदवार हरु रहेकाले भारी मतका साथ जित हासिल समेत गर्ने बताइन । सबै भन्दा बढी चासोका साथ हेरिएको यस पालिकामा गठ्बन्दनका उमेदवारले जित्ने आधारहरु धेरै छन ।

जनताको चाहाना अनुसार एमालेको नेतृत्वले काम गर्न नसकेकोले पनि गठबन्दनको नेतृत्वलाई मतदाताले रुचायको बताइन। एमालेले आफ्नो किल्ला ठानेको मालारानी गाउपालिका यसपाली गठबन्दनको नेतृत्वमा आउने ठोकुवा गरे। कार्यक्रमा पाँचदलिय गठबन्धनका उमेदवार तथा नेता कार्यकर्ताको उत्साहजनक सहभागीता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।