२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

भैरहवा । लुम्बिनी विकास कोषले २५६६ बुद्ध जयन्ति भब्यताका साथ मनाउने जनाएको छ । आज लुम्बिनीमा कोषद्वारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ति वैशाख डे र लुम्बिनी दिवस भव्य रुपमा मनाउने जनाएको छ ।

Advertisement

बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्ति औपचारिक कार्यक्रम जेष्ठ १ गते देखि ४ गते सम्म गरि मनाइने कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । यसको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन भई त्यस अन्तरगत विभिन्न उपसमितिहरु क्रियाशिल रहेको शाक्यले बताए ।

विश्वमा विगत २ वर्ष देखि फैलिएको कोरोना महामारीको कारण हामीले बुद्ध जयन्ति उल्लासपूर्वक मनाउन पाएका छैनौ ।ू सदस्य सचिव शाक्यले भने कोरोना महामारीको प्रभाव न्यून हुदै गएको यस अवस्थामा यस वर्षको बुद्ध जयन्तिलाई विशेष रुपमा मनाउने लुम्बिनी विकास कोषले निर्णय गरेको छ । लुम्बिनीमा निर्माणा सम्पन्न भएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र हलको बुद्ध जयन्तिकै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

२५६६ औ बुद्ध जयन्तिकै अवसरमा जेष्ठ १ गते रामग्राम देवदहमा विशेष कार्यक्रम तथा दीप प्रज्वलन एवम देवदहको भवानीपुरमा बिहान बौद्ध पुजा तथा दिप प्रज्वलन गरि मनाइदै छ । रामग्राम नवलपरासीमा १ जेष्ठ सांझ ४ बजेबाट बौद्ध प्रवचन तथा दिप प्रज्वलन, २ गते रामग्राम नगरपालिकाद्वारा रामग्राम दिवस, भोजनदान सम्बन्धी कार्यक्रम रहेको छ । जेष्ठ २ गते विहान ६ बजे मायादेवी परिसरमा बुद्ध पूजा तथा परित्राण पाठ विहान ७ बजे मायादेवी परिसर देखि शान्ति दिप सम्म शोभा यात्रा, विहान ९ बजे प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलको उदघाटन गरिनेछ ।

यस्तै विहान १० बजे देखि इष्ट मोनाष्टिक जोनको कम्बोडिया मोनाष्ट्रि र इष्ट पोण्डमा भोजन दान, दिउँसो २ बजे अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलमा २५६६ औं बुद्ध जयन्ति समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तथा विशिष्ट अतिथिहरुको उपस्थितिमा विशेष समारोह गरि मनाइने शाक्यले बताए । यस्तै दिउसो ५ बजे देखि सोही हलमा सुरसुधाको सांगीतिक कार्यक्रमको प्रस्तुति, सांझ लुम्बिनीको मायादेवी परिसरमा दिप प्रज्वलन गरिने कार्यक्रम छ ।

यसै गरि जेष्ठ ३ गते लुम्बिनी देखि कपिलवस्तु सम्म सिद्धार्थ गौतमको शोभायात्रा,प्राचिन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृत गर्ने सम्बन्धी देश विदेशका विज्ञहरुको सहभागितामा २ दिने तिलौराकोट सम्मेलन रहेको शाक्यले बताए । लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई ९सिद्दिचरण०ले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी आउने खबरले कोषलाई हर्षित बनाएको बताए । उनले यसको औपचारिक खबर कोषलाइ प्राप्त नभए पनि यदि मोदि आए कोषले त्यस सम्बन्धी तयार रहेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

कार्यकर्तालाई निर्वाचनमा होमिन नेकपा एकिकृतको आग्रह प्यूठान जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो रोट्रयाक्ट क्लब अफ कोटिहवाद्वारा निःशुल्क शिविर, करिब ४ सय जनाले लिए सेवा राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन