ताजा अपडेट »

बुटवलमा एमालेको चुनावीसभा : कार्यक्रम सुरु नुहँदे फर्किए ओलीलाई भेट्न आएका कार्यकर्ता

आइतबार, २५ बैशाख २०७९, १४ : ४५
4 Shares

बुटवल । नेकपा एमाले रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्न आएका कार्यकर्ता निराश हुँदै घर फर्किएका छन् । निर्धारित समयमा कार्यक्रम सुरु नभएपछि मध्यान्नको चर्को घाम खेपेर बसेका कार्यकर्ता कार्यक्रम सुरु नहुँदै घर फर्किएका हुन् ।

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको खेल मैदानमा विहान ११ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम ३ घण्टासम्म पनि सुरु नभएपछि उत्साहित भएर आएका कार्यकर्ता घर फर्किएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्ने प्रमुख वक्ता केपी शर्मा ओली मध्यान्ह १२ बजे भित्रै बुटवल आइपुग्ने बताइए पनि उनी काठमाँडौं, चितवन लगायतका कार्यक्रममा व्यस्त हुँदा बुटवलमा ओलीलाई पर्खेर बसेका कार्यकर्ताहरु निराश हुँदै घर फर्किएका हुन् । नेकपा एमालेरुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विहान ११ बजेनै कार्यक्रम हुने भबताएका थिए भने सोही अनसार बजारमा प्रचारप्रसार गरिएको थियो । अध्यक्ष ओलीले बुटवलको कार्यक्रमलाई सम्बोधन गरेर चितनको सभामा सहभागि हुने पूर्वनिर्धारित कार्यक्रम भए पनि उक्त कार्यतालिका परिवर्तन भएपछि बुटवलका कार्यकर्ताले आइतबार दिनभर चर्को घाममा नेता कुरेर बस्नु परेको थियो । निर्धारित समय भन्दा ३ घण्टापछि दिनको दुई बजे औपचारिक कार्यक्रम सुरु हुने बेलासम्म अध्यक्ष ओली उपस्थित भएका थिएनन् ।

औपचारिक कार्यक्रम सुरुहुनपूर्व विभिन्न कलाकारहरुको प्रस्तुतीले कार्यकर्तालाई थामथुम पार्ने काम भएको थियो । नेता कुर्दाकुर्दै आत्तिका कार्यकर्ताहरु कार्यक्रम स्थलबाट बाहिरिने क्रम बढ्न थालेपछि भने औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो । तिलोत्तमाको नगर उपप्रमुखकी उम्मेदवार जागेश्वरी देवि चौधरीको स्वागत भाषणसँगै मौन धारणाबाट कार्यक्रम सुरु भएपछि भने बाँकी रहेका कार्यकर्ताहरुले आफू बस्ने ठाउँ सहज बनाउँदै केही उत्साहित देखिन्थे ।

अध्यक्ष ओलीले चितवनको सभालाई सम्बोधन गरेर मात्रै बुटवल आउने भएपछि उपाध्यक्ष विष्णु पौडेल ओलीलाई बुटवलमा स्वागतका लागि पर्खिरहेका थिए । कार्यक्रममा सहभागी नेता तथा वक्ताहरुले अध्यक्ष ओली केही समयमा कार्यक्रम स्थल आइपूग्ने बताउँदै थमथम्याउने काम भएको थियो । रुपन्देहीका विभिन्न पालिकाहरुबाट विहानै कार्यक्रम स्थलमा उपस्थित भएका कार्यकर्ताहरुलाई घण्टौ पर्खाइमा राखिएको भन्दै उपस्थित मध्येका केही कार्यकर्ताहरुले आपसमा असन्तुष्टि व्यक्त गरेका दृश्य देख्न सकिन्थ्यो । यो समाचार तयार पार्दासम्म अध्यक्ष ओली र उपाध्यक्ष पौडेल कार्यक्रम स्थलमा सहभागि भएका छैनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।