१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

मुगु । जिल्ला अस्पताल मुगुमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएपछि अस्पतालका बेड भरिभराउ भएका छन् । गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पताल मुगुमा बिरामी भरि भराउ भएका हुन् । 

Advertisement

टाइफाइड, ज्वरो, झाडापखाला, निमोनियालगायतका बिरामी बढेपछि अस्पतालमा औषधिको अभाव हुने पनि समस्या सिर्जना भएको छ । अस्पतालमा एक साताको अवधिमा ४५ जना बिरामी भर्ना भएका छन् । चैत महिनामा १ सय २१ बिरामी भर्ना भएका थिए ।

अस्पतालमा बिरामीको चाप पछिल्लो समय ह्वातै बढेपछि उपचार गर्न मुस्किल हुने देखिएको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले बताए । उनका अनुसार १५ शय्याको अस्पतालमा दैनिक १० जनासम्म नयाँ बिरामी भर्ना भइरहेका छन् । गर्मी बढेसँगै ज्वरो, टाइफाइड र झाडापखालाका बिरामीको संख्या बढेको उनको भनाई छ ।  

अस्पतालमा आएका मध्ये झण्डै ७५ प्रतिशत बिरामी झाडा पखालाका हुने उनको भनाइ छ । टाइफाइटले थला परेपछि औषधि गर्न अस्पतालमा आएकी सोरु–९ कालैकी जानदेवी ऐडीले औषधि नहुँदा बाहिरका मेडिकलबाट सुई, स्लाइन र औषधि ल्याएर उपचार गर्नुपरेको बताइन् ।

बिरामीको चाप बढ्न थालेपछि अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ छ । दैनिक १ सयभन्दा बढी बिरामीको चेकजाँच गर्नुपर्ने बाध्यता रहेको उनले बताए । 

जिल्ला अस्पतालको आफ्नै फार्मेसी छैन । भर्ना भएका बिरामीलाई एस्पिरिन, एड्रेनालिन, अबलेन्डाजोल, टिनीडाजोल, भिटामिनहरू, जिंक सल्फेटलगायत औषधिको मौज्दात पनि कम रहेको प्रमुख गौतमले बताए ।  

उनका अनुसार स्वास्थ्य सेवा कार्यालयले अस्पताललाई औषधि खरिदका लागि १८ लाख रुपैयाँ बजेट दिए पनि अहिलेसम्म औषधि खरिद भएको छैन । उनले अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा शल्यक्रिया सेवासमेत ठप्प भएको बताए ।-खड्क सुनार/न्युज कारखाना 

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन