ताजा अपडेट »

पन्जाबलाई हराउँदा राजस्थानको प्लेअफ बलियो

शनिबार, २४ बैशाख २०७९, २२ : ३९
8 Shares

काठमाडौं । पन्जाब किंग्सलाई ६ विकेटले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ क्रिकेट प्रतियोगितामा सातौं जित निकालेको छ ।

जितसँगै तेस्रो स्थानमा रहेको राजस्थानले प्लेअफ सम्भावना बलियो बनाएको छ ।

मुम्बईमा १९० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

राजस्थानको जितमा  यशस्वी जैसवालले सर्वाधिक ६८ रन बनाए । यस्तै, देवदत्त पाडिक्कल र शिम्रन हेटमायरले समान ३१ रन बनाउँदा जस बटलरले  ३० रन बनाए ।

पन्जाबका अर्शदीप सिंहले २ विकेट तथा कागिसो रबाडा र ऋषि धवनले समान एक  विकेट लिए ।

यसअघि  टस जितेर पहिला ब्याटिङ गरेको पन्जाब किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनायो ।

पन्जाबका ओपनर जोनी बेयरस्टोले सर्वाधिक ५६ रन बनाए । यस्तै जितेश शर्माले ३८ रन बनाउँदा भानुका राजपक्षे २७ रनको योगदान गरे ।

राजस्थानका युजभेन्द्र चहलले  ३ विकेट लिए । यस्तै प्रसिद्ध कृष्ण र रविचन्द्रन आश्विनले समान १ विकेट लिए ।

जितसँगै राजस्थान ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । पन्जाब ११ खेलबाट १० अंक सहित सातौं स्थानमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।