ताजा अपडेट »

वीर गोर्खाली अभियान र गोर्खाली युवा सशक्तिकरणको सामुहिक रक्तदान

शनिबार, २४ बैशाख २०७९, २१ : ३५
34 Shares

बुटवल । रगतको अभाव हुन नदिनका लागि रुपन्देहीको बुटवलमा बिर गोर्खाली अभियानले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको अभियानले अहिलेको परिस्थितिलाई मध्यानजर गर्दै अपर्झट आइपर्ने विपतलाई  न्युनीकरणका लागि रक्तदान गरेको जनाएको छ ।

गोर्खाली युवा सशक्तीकरण संस्थासँगको समन्वयमा आयोजित कार्यक्रममा ६१ यूनिट रगत संकलन भएको गोर्खाली अभियान रुपन्देहीका संयोजक चिरन क्षेत्रीले जानकारी दिए । सामाजिक अभियान मार्फत सेवाका लागि गतिविधि सञ्चालन गर्दै आएको बताउँदै गोर्खाली सशक्तिकरणका अध्यक्ष भरत पुरीले रगतको अभावमा कसैले ज्यान गुमाउनु नपर्ने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता ईश्वर मल्ल ठकुरीले समाजको सबैभन्दा ठूलो सेवा मानवको ज्यान बचाउनु भएको उल्लेख गरे ।  यसैगरी केशब खनालले युवाहरु समाज सेवामा निस्वार्थ मानव सेवामा लाग्नुनै आजको आवश्यकता रहेको बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।