२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर–१ मा वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका रामलाल बिकलाई नेकपा एमाले गुल्मीले कारवाही गरेको छ । उक्त वडामा नेकपा एमाले पार्टीले वडाअध्यक्ष पदमा नवराज बिकलाई उम्मेदवार बनाएको छ । रामलाल बि।क गत स्थानीय चुनाब २०७४ मा नेकपा एमाले बाट वडा अध्यक्ष पदमा चुनाव लडेर जितेका थिए ।

Advertisement

पार्टीबाट पुनः टिकट नभएपछि निर्वतनमान वडाअध्यक्ष रामलाल बिकले अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले पटक–पटक सम्झाउदा पनि उम्मेदवारी फिर्ता लिन नमानेपछी नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटीले कारवाहीको माग गर्दै जिल्ला कमिटिलाई सिफारिस गरेकोले थियो ।

नेकपा एमाले गुल्मी जिल्ला अध्यक्षका अध्यक्ष बालसिंह काउछाद्वारा कारवाही पत्रमा पार्टीको आधिकारीक उम्मेदवार बिरुद्ध वागी उम्मेदवारी दिई प्रचारप्रसारमा लागेको पार्टीले आरोप लगाएको छ । पार्टी बिधानको धारा ८ को उपधारा ‘१’ को ‘ख’बमोजिम रामलाल बिकलाई कुनै पनि संगठन र पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टिबाट निस्कासन गरिएको एमाले गुल्मीले जनाएको छ ।

कहिले एकीकृत समाजवादिका कार्यक्रम त कहिले माओवादी केन्द्रका कार्यक्रम र बैठकहरुमा सहभागी हुँदै आएको पार्टीले अरोप लगाएको छ । नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य समेत रहेका रामलाल पछिल्लो समय आफू एमालेमै रहेको उल्लेख गरेका थिए । एमालेमै रहेर सक्रिय हुने फेसबुक स्टाटस लेखेर एमालेमै देखिएका बिकले दोस्रो पटक पनि वडा अध्यक्षको आकांक्षी रहेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…