ताजा अपडेट »

आमसभा कस्तो हुन्छ, हेर्न भोलि बुटवल आउनुहोस् : एमाले उपाध्यक्ष पौडेल

शनिबार, २४ बैशाख २०७९, १७ : १९
4 Shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले बुटवलमा नेकपा एमालेका उमेदवारहरुको जित सुनिश्चित भैसकेको बताएका छन् ।
‘चुनाव जितिन्छ भन्ने कुरामा समस्या छैन, तर कुन ढंगले जित हुन्छ भन्ने मात्रै बांकी हो’–उनले भने । ‘अब औसत ढंगले चुनाव जित्ने होइन, अत्यधिक र ऐतिहासिक रुपमा विरासतलाई नयाँ ढंगले पुष्टि गर्ने गरी चुनाव जित्नु पर्छ’उनले भने ।

बुटवलमा शनिबार भएको गठबन्धनको सभालाइ इंगित गर्दै उनले एजेन्डा बिनाको सभाको कुनै अर्थ नरहेको बताए । “आमसभा कस्तो हुन्छ भन्ने हेर्न भोलि आउनुस् ।’ उनले भने। पूरा गठबन्धन एकातिर र एमाले अर्कोतिर लडाइँमा रहेतापनि गठबन्धनले एमालेलाई हराउन सक्ने कुनै आधार समेत नरहेको उनले बताए ।

राष्ट्रिय योजनाका काम सम्पन्न हुँदा बुटवल एक नमुना शहर बन्ने पौडेलले दाबी गरे । एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्ने बताउदै पौडेलले नत्र विरोधीहरुले विकासे आयोजनामा पनि राजनीति गरेर अबरुद्ध गर्न सक्ने आशंका गरे ।

नेकपा एमाले बुद्धिजीवी तथा पेशागत निर्वाचन परिचालन कमिटीको आयोजनामा भएको बृहत बुद्धिजिवी भेलालाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले अहिले सम्मको अनुमानमा प्रदेशका धेरै पालिकामा एमालेको जित निश्चित भएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवार बाबुराम भट्टराई र सावित्रादेवी अर्यालले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।