२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वनास भन्दा अर्धनास जाति भएकाले कांग्रेसले गठबन्धन गरेको बताएका छन् । नेपाली कांग्रेसले तनहुँको दमौलीमा शनिवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले कम्प्रमाइज गर्दा कहीँकतैँ कांग्रेसका कार्यकर्ताले रुखमा मात्रै नभएर हसिया हथौँडा, कलम र छातामा भोट हाल्नुपर्ने भएको बताए ।

Advertisement

उनले भने, ‘त्यो सम्झौता हो । संविधान पनि सम्झौताको दस्ताबेज हो । राजनीति पनि सम्झौताको दस्तावेज हो । सम्झौता गर्न जान्नुपर्छ, मौकामा सम्झौता गर्नु सक्नुपर्छ । आँट गर्नुपर्छ । हामीले एउटा नगरपालिकामा हसिया हथौँडामा छाप लगायौँ भने प्रचण्डले तीन वटा नगरपालिकामा रुखमा छाप लगाउँछन् । कुरा त बुझ्नप¥यो नि हामीले तीन वटा महानगरपालिका लिएर अरुलाई एक एक महानगर दिएका छौँ । यो लेनदेन हो । जम्मै हाहेर सर्वनास हुनुभन्दा अर्धनास जाति हुन्छ नी । त्यसो भएको हुनाले हामीले जति प्राप्त गर्छौँ सही रुपमा प्राप्त गर्छौँ । हामीले स्थानीय तहमा सर्वत्र विजयी हासिल गछौँ । र त्यसका निम्ति यो गठबन्धन हो ।’ 

संसदीय व्यवस्थालाई निरन्तर प्रहार भएपछि गठबन्धन भएको उनले स्पष्ट पारे । अस्थितरताको कारण देशले निकाश नपाएको उनको भनाइ छ । केपी ओलीलाई नायक बनाएर मुलुकलाई अस्थिरतातर्फ लैजाने ग्राण्ड डिजाइन भएको नेता पौडेलले बताए । 

अस्थिरताको अन्त्य गर्दै राजनीतिक स्थिरताको लागि गठबन्धन भएको वरिष्ठ नेता पौडेलको दाबी छ । ‘यो देशमा भ्रष्टाचार कमिसनतन्त्रको खेल धेरै भए । जनतामाथि शोषण, राजनीतिमा भ्रष्ट«ाचार घुस्दैछ । त्यसबाट पनि देशलाई मुक्त गर्नु परेको छ,’ उनले भने ।  उनले गठबन्धनलाई प्रगतीशिल शक्तिहरूको एकताको संज्ञा दिए । गठबन्धनले केपी ओलीको एकक्षत्र राजको अन्त्य पौडेलको जिकिर छ । गठबन्धनलाई अन्डरस्टेमेट गर्नेको सामाना गर्न आफू तयार रहेको नेता पौडेलले बताए । आफू पार्टी सभापति शेरबहादुर देउवाको लाइनमा नगएको जिकिर पनि गरे । बरु आफ्नो लाइनमा देउवा आएको उनले दाबी गरे । शनिबार नेता पाैडेल प्रधानमन्त्रि शेरबहादुर देउवासँगै बुटवलमा आयाेजित गठबन्धनकाे बृहत आमसभालाई सम्बाेधन गरेर तनहुँ पुगेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग