ताजा अपडेट »

गठबन्धन बाँडीचुडी खानका लागि हो: ओली

शनिबार, २४ बैशाख २०७९, १५ : ४२
4 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भनी टिप्पणी गरेका छन् ।

शनिबार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सरकारमा बाँडीचुडी खान नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले गठबन्धन गरेको समेत टिप्पणी गरेका हुन् ।

वडामासमेत एमालेसंग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको ओलीले बताएका छन्। बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने ओलीको भनाइ छ। एमाले अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने तर्क गरेका छन् ।

सत्तारुढ गठबन्धनप्रति आक्रोश पोखेका ओलीले खाएर, चुसेर ढाडिएकाहरुले गठबन्धन गरेको टिप्पणी गरेका छन्। नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई उनले कांग्रेसको जिउमा भन्किएका झिंगा धपाउने झम्के पछ्यौरी भएको समेत आरोप लगाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।