ताजा अपडेट »

एमाले राजनीतिक होइन व्यक्तिको स्थायीत्व चाहने भजनमण्डली : झाक्री

शनिबार, २४ बैशाख २०७९, १५ : ०५
6 Shares

बुटवल । शहरी बिकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पटक–पटक संसद विघटन गर्दा पनि चुँ बोल्न नसक्नेहरुबाट समाजको रुपान्तरण र परिवर्तन हुन नसक्ने बताएकी छन् । गठबन्धनको बुटवलको चुनावी सभालाई समबाधेन गर्दै एकीकृत समाजवादी नेता झाँक्रीले व्यक्तिको स्थायीत्वका लागि राजनीतिक स्थायीत्व नहचाहनेहरुबाट विकासको अपेक्षा पनि गर्न नसकिने बताईन् ।

एमाले कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी ओलीको भजन मण्डलीको संज्ञा दिँदै भजनमण्डलीहरुले संसद विघटनको विरोध गर्न नसकेर व्यक्तिको स्थायीत्व कायम गर्न ओलीलाई सघाएको आरोप लगाइन् । उनले ओलीले सपनाका कुरा गरेर जनतालाई झुक्याउने काम मात्र गर्दै गरेको बताईन् । ‘स्याटलाईटबाट आकाश किन्ने कुरा, चन्द्रमामा भर्याङ लगाउने कुरा, पानीजहाज र चुच्चे रेल ल्याउने जस्ता सुन्दै रोमान्चकारी कुराले जनताको पेट भरिन्न,’ उनले भनिन्, ‘बास्तविक धरातलमा उभिएर देश सहाउँदो सिमित साधनबाट असिमित चाहनालाई पुरा गर्ने गरि योजना बनाउनु आवश्यक छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।