ताजा अपडेट »

अधुरा कामहरु पूरा गर्न फेरिपनि अध्यक्षमै उम्मेदवारी : यादव

शनिबार, २४ बैशाख २०७९, १३ : ५२
6 Shares

भैरहवा । रोहिणी गाउँपालिकाका निर्वतमान अध्यक्ष सनोज कुमार यादवकै फेरी पनि विजयी हुने विश्वास राखेका छन् । रोहिणी गाउँपालिकामा यस अघि गरेका भौतिक पूर्वाधार विकास, सामाजिक विकास, धार्मिक अग्रसरता लगायतका कामलाई जनताले रुचाएकोे फेरी पनि आफूलाई नै चुन्ने अध्यक्षका उम्मेदवार यादवको दावी छ ।

यादवले कुनै एक स्थानीय मात्र नभई प्रायः गाउँमा पाउने प्रतिक्रिया हो यो । उनि जुनसुकै गाउँ टोलमा पस्दा स्थानियहरुको न्यानो माया र दमदार स्वागत पाइहेको बताउँछन् । यसले पनि सनोजकै पक्षमा माहौल बनाएको उनका समर्थकहरु बताउँछन् ।

पहिलो कार्यकालमा उल्लेख्य काम गरेका यादवले पहिलो कार्यकालकै केही अधुरा कामहरु पुरा गर्न फेरी पनि अध्यक्षमै उम्मेदवारी दिएका बताए । “यो ५ बर्षमा सबै गाउँ, टोल, गल्ली देखी लिएर सबै बिद्यालय, स्वास्थ्य चौकी एवम कृषिलाई देखिने गरि सकारात्मक परिवर्तन गरेको छु ।” यादवले भने “अहिले पनि डिग्री कलेजहरु, १५ शैयाको अस्पताल, प्राविधिक शिक्षालय, एवम गरिब घरपरिवारको घर निर्माण लगायतका कामहरु गर्न बाकी रहेको छ । सोही कामहरु पुरा गर्न फेरी पनि उम्मेदवारी दिएको छु ।”

अहिले पनि यहाँ बेराजगारीको समस्या हटाउन बाकी रहेको बताउदै उनले गरिब परिवारका बालबालिकालाई अब गाउँपालिकाले आफ्नै खर्चमा पढाईदिने दावी गरे । उनले आगामी कार्यकाल पाए समग्र गाउँलाई समेटने गरि रोहिणी गाउँपालिकाको गुरुयोजना बनाएर यसको विकासमा लाग्ने प्रतिवद्धता जनाए ।

“५ वर्षसम्म सबैको सम्मान गरेको छु । यसैले मेरो जित सुनिश्चित गरेको छ ।” यादवले भने “घरदैलोमा पाएको रोहिणीवासीबाट पाएको मायाले नै मेरो जितको आधार तय गरेको छ ।”

यादवले रोहिणी गाउँपालिकाको विकासको लागी आफ्नो प्रतिवद्धता पत्र पनि सार्वजनिक गरेका छन् । नेकपा एमालेका तर्फ बाट मेयर पदका उम्मेदवार सनोज कुमार यादव र उपमेयर पदका उम्मेदवार बसन्ती पाण्डेले प्रतिबद्धता पत्र सार्वजनीक गरेका छन् । ३० बुंदे प्रतिबद्धता पत्रमा बेरोजगारी, गरिबि, असहाय, अपाङ्गगता भएका ब्यक्तिहरुलाई रोजगारी देखी शिक्षा, स्वास्थ्य, सडक पुर्वाधारका क्षेत्रको बिकासहरुमा जोड दिईएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।