ताजा अपडेट »

एमसीसीबाट सबैभन्दा धेरै लाभ बुटवलवासीलाई हुन्छ : देउवा

शनिबार, २४ बैशाख २०७९, १३ : ३९
13 Shares

बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुचर्चित अमेरिकी सहायता परियोजना एमसीसीबाट सबैभन्दा बढी लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको  चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘एमसीसीमा बुटवलदेखि भालुवाङ हुँदै लमहीसम्म अत्यन्त बलिया महत्वपूर्ण चौडा रोड बन्दैछ’, उनले भने, ‘एमसीसीले सबैभन्दा बढी बुटवल, भैरहवामात्रै होइन उता दाङ देउखुरीसम्मका जनतालाई फाइदा हुनेवाला छ ।’

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधि सभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।