२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का धरौटीमा छुटे

पोखरा । निर्वाचन आयोगले आफुले रोजेअनुसार चुनाव चिन्ह नदिएको आरोपमा अराजक अभिब्यक्ति दिएका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए ।

अटेरीले सुरुमा लौरो चिन्ह रोजेको थियो । तर,  आयोगको निर्देशिका अनुसार स्वतन्त्र उम्मेद्वारको संख्याका आधारमा कोटा छुट्याईएको र सोही सीटबाट रोज्नुपर्नेमा उनीहरुले मतपत्रमा भएकामध्ये सबैबाट लौरो छानेका थिए । आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको टोली निर्वाचन अधिकृत कार्यालय अघि पुगेर प्रदर्शन गरेका थिए ।

उनले चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले भोलिपल्टै पक्राउ गरेको थियो । शुक्रबार उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ धरौटीमा रिहा गरिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला अदालत कास्कीले खड्कालाई रिहा गर्न आदेश दिएको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने