२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ ।

Advertisement

वैशाख ३० गते हुने निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिनुभएको छ । त्यसमध्ये २१ देखि ३५ वर्ष उमेर समूहका पुरुष १८ हजार ७८० र महिला १६ हजार ४८७ ले उम्मेदवारी दिनुभएको हो । पुरुषको एकल प्रतिशत १२.९५ छ भने महिलाको एकल ११.३६ प्रतिशत हुन्छ ।

त्यस्तै, ३६ देखि ५० वर्ष उमेर समूहमा उम्मेदवारको संख्या सबैभन्दा बढी छ । सो उमेर समूहको पुरुषमा ३९ हजार ६६९ र महिला २७ हजार ४९३ जना उम्मेदवार हुनुहुन्छ । दुवैलाई जोड्दा ६७ हजार १६२ हुन्छ । प्रतिशतमा यो ४६ हो । पुरुषको प्रतिशत २७ हो भने महिलाको मात्र प्रतिशत १८.९५ हो ।

सोहीअनुसार ५१ देखि ६५ वर्ष उमेर समूहको उम्मेदवार संख्यामा पुरुष २६ हजार ५१५ र महिला १० हजार ५३९ छ । दुवै जोड्दा यो संख्या ३७ हजार ५४ हुन्छ । प्रतिशतमा यो २५.५५ हो । पुरुषको मात्र १८ प्रतिशत हो भने महिलाको प्रतिशत ७ हो ।

त्यस्तै, ६५ भन्दा माथि उमेर समूहका उम्मेदवारको संख्या ५ हजार ५२७ छ । यसमा पुरुष ४ हजार ३५० र महिला उम्मेदवार संख्या १ हजार १७७ छ । यसलाई प्रतिशतमा हेर्दा ३.८१ हुन्छ । त्यस्तै, परुषको मात्र प्रतिशत २.९९ हो भने महिलाको प्रतिशत ०.८१ छ ।

निर्वाचन आयोगको सूचना प्रविधि शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार प्रदेश १ मा कुल २१ हजार ५२२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, मधेस प्रदेशमा ४० हजार ९२४ जनाको उम्मेदवारी परेको छ । बागमती प्रदेशमा २२ हजार ६६५, गण्डकी प्रदेशमा १२ हजार ९, लुम्बिनी प्रदेशमा २२ हजार ४२६, कर्णाली प्रदेशमा १२ हजार ५९६ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८६८ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश १ को नगर प्रमुखमा पुरुषबाट ३४८ र महिलाको २७ गरी ३७५ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा पुरुष ४२६ र महिला २६ गरी जम्मा ४५६ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार नगर उपप्रमुखमा पुरुष ८० र महिला २०९ गरी २८९ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, सो प्रदेशबाट वडा अध्यक्षमा पुरुष ४ हजार ६०५ र महिला १३६ गरी ४ हजार ७४१ जनाले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट प्रमुखमा पुरुष १८९ र महिला १३ गरी २०२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्ष पदमा पुरुष २२५ र महिला ५ गरी २३० जनाको उम्मेदवारी परेको देखिन्छ । सोहीअनुसार सो प्रदेशको उपप्रमुखमा पुरुष ३२ र महिला १२७ गरी १५९ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा पुरुष ४३ र महिला १३५ गरी १७८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, वडा अध्यक्षमा पुरुष २ हजार ७२२ र महिला ७६ गरी २ हजार ७९८ जनाको उम्मेदवारी परेको छ । -लक्की चौधरी/गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक डेँगुबाट कसरी बच्ने ? यस्तो छ डा. नन्दु पाठकको सुझाव एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदामा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा १० अंकले बढ्यो सेयर बजार