ताजा अपडेट »

मणि उजेशद्वारा क्यान्सर पीडितलाई ६० हजार सहयोग

शुक्रबार, २३ बैशाख २०७९, २२ : २३
6 Shares

बुटवल । लायन्स क्लव अफ बुटवल मणि उजेशले रुपन्देहीको तिलोत्तमा गगोलियाकी स्तन क्यान्सर पीडितको स्वास्थोपचारका लागि ६० हजार आर्थिक सहयोग गरेको छ।

गैगोलियाकी स्तन क्यान्सर पीडित गिता थारुलाई स्वास्थोपचारका लागि मणि उजेशले दुई चरणमा ३०–३० हजार गरि ६० हजार रुपैया सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर रहेको र स्वास्थ्य उपचार गर्नका लागि समस्या भएकाले थोरै भएपनि उपचारमा सहयोग पुर्याउने उद्देश्यले मणि उजेशले सहयोग गरेको क्लवका अध्यक्ष प्रविना घिमिरेले जानकारी दिइन् ।

लायन्स हाम्रो गाँउ गंगोलिया भनेर अपनाएको उक्त गाँउमा शिक्षा, स्वास्थ्य तथा सामाजिक गतिविधि गर्दै आएको क्लबले गिता थारुको उपचारमा पहिला किमो चडाउन र दोस्रो पटक उपचारका लागि आर्थिक सहयोग गरेको अध्यक्ष घिमिरेले बताइन्।

यस्तैबीच सोही गाँउका दुई युवतिलाई क्लवले आत्मनिर्भरताका लागि दुईवटा सिलाई मसिन सहयोग गरेको छ । स्थानीय मोति थारु र ज्योति थारुलाई सिलाई मसिन सहयोग गरिएको हो ।

अध्यक्ष घिमिरेका अनुसार उनीहरुलाई केहीभएपनि आत्मनिर्भर बन्ने बाटोका लागि सहयोग पुगोस भनेर एकरएक वटा सिलाई मसिन क्लवले सहयोग गरेको कार्यक्रम संयोजक शर्मिला गुरुङ्गले जानकारी दिइन्।

लायन्स ३२५ बीटुका कोचिफ एडभाईजर पुरुषोत्तम प्रधानाङ्ग, जोन चियर प्रशन नेहा अग्रवाल, गांगोलियाका सामाजिक अगुवा चन्दा थारु लगायतले सिलाई मसिन हस्तान्तरण गर्दै क्लबले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा समुदायमा गरेको कार्यको प्रशंसा गरिन्। मणि उजेशले गंगोलियालाई हाम्रो र आफ्नो गाँउका रुपमा अपनाएर शिक्षा, स्वास्थ्य, नेतृत्व विकास लगायतका सामाजिक कार्य गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।