२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

अर्घाखाँची । अर्घाखाँची जिल्लामा पन्चायतकालदेखी नै राजनीतिमा सक्रिय भई पटक-पटक प्रधानपञ्च भइसकेका व्यक्ति हुन् बेदराज घिमिरे । अर्घाखाँची जिल्लाको मैदान गाउँ पन्चायतको २०२४ सालदेखि २०४६ सालसम्म अविछिन्न नेतृत्व गरेका घिमिरे अहिले पनि चुनावी मैदानमा छन् । उनी गाउँपालिका उपाध्यक्षको प्रत्याशी बनेका हुन् । घिमिरे स्थानीय तहको निर्वाचन २०७९ को चुनावी मैदानमा रहेका अर्घाखाँचीका सबैभन्दा पाका उम्मेदवार हुन् ।

Advertisement

जीवनको उत्तरार्द्धमा पनि जोस जाँगर उत्तिकै छ उनीमा । घिमिरेका पहिलेका सपना र अहिलेका सपना भने निकै फरक छन् । तिनै सपनाको भारी बोकेर ७९ वर्षको उमेरमा पनि उनी सक्रिय छन् । ‘उतिवेला बेग्लै योजना हुन्थे,’ घिमिरे भन्छन्, ‘तर अहिले सपना बदलिएका छन् । राजतन्त्र फर्काउनुछ, हिन्दुराज्य स्थापना गर्नु छ ।’

गाउँपालिकाको उपाध्यक्ष बनेपछि राजतन्त्र फर्किएला ? भन्ने प्रश्नमा घिमिरेले भने, ‘निर्वाचित भएपछि मैले समुन्नत गाउँपालिका बनाउँछु अनि देशभर जितेपछि राप्रपाको नेतृत्वमा राजतन्त्र फर्किनेछ ।’ घिमिरेले राजतन्त्र फर्काउन, हिन्दु राज्य स्थापना गर्न र संघीयताको खारेज गर्नका लागि आफू सक्रिय राजनीतिमा रहेको बताए ।

‘कृषिको व्यवसायीक विकास गरी गाउँमै आत्मनिर्भर बन्ने अवस्था बनाउँछु,’ घिमिरेले भने, ‘शिक्षा तथा स्वास्थ्यमा आमूल परिवर्तन ल्याउनुछ, जुन काम मैले मात्रै गर्न सक्छु ।’ ठूला भनिएका दलहरू देश लुट्नमात्रै सक्रिय रहेको नेता घिमिरेको दाबी रहेको थियो । 

राप्रपाका नेता समेत रहेका घिमिरेले गाउँपालिका उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘म राप्रपाकै कार्यकर्ता हुँ,’ घिमिरेले भने, ‘अध्यक्ष र उपाध्यक्षमा राप्रपाबाट दुवैजना पुरुष उम्मेदवार भएका कारण मैले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको हुँ ।’ घिमिरेले चुनाव चिन्ह पुतली प्राप्त गरेका छन् ।-हरिप्रसाद भुसाल/न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने रुस्दीमाथि हमलाः इरानी पत्रिका लेख्छ- शत्रुको घाँटी च्यात्ने हातलाई चुम्बन गर्नुपर्छ