ताजा अपडेट »

लैङ्गिक हिंसामुक्त नगर बनाउने एमाले बुटवलका उम्मेद्वारको प्रतिबद्धता

शुक्रबार, २३ बैशाख २०७९, १९ : २६
6 Shares

बुटवल । लैङ्गिक हिंसामुक्त नगरका लागि एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बुटवल उपमहानगरको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार तथा वडाका उम्मेदवारलाई विजयी बनाउन महिलाहरुले आग्रह गरेका हुन् ।

बुटवल उपमहानगरमा एमालेका जनप्रतिनिधी निर्वाचित भएपछि लैङ्गिक समानता र सामाजिक समावेशीताका सवालले प्राथमिकता पाएको भन्दै महिलाहरुले अहिले पनि एमाले उम्मेदवारका पक्षमा खुलेर लाग्ने बताए ।

बुटवल– १३ मा आज आयोजित वडाभेलामा बोल्ने महिलाहरुले अघिल्लो निर्वाचनमा वडाको नेतृत्व कमजोर हुँदा विकासका काम अघि बढ्न नसकेकाले अहिले जसरी पनि जित हासिल गर्ने बताए । यो निर्वाचनमा वडाका उम्मेदवारले फराकिलो मतान्तरले जित हासिल गर्ने वातावरण तयार भएको उनिहरुको भनाइ छ ।

भेलामा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लैङ्गिक हिंसामुक्त नगरका लागि रणनीति बनाएर काम अघि बढाइएकाले अबको त्यो कार्य पुरा गर्न एमाले नेतृत्व आवश्यक रहेको बताइन्। उनले महिला सशक्तीकरणका लागि युवा तथा महिलाहरुलाई सीपमूलक तालीम प्रदान गरी उद्यमी बनाउने, मातृ शिशु सुरषाका लागि गर्भवती तथा सुत्केरी भेटघाट, गर्भवती महिला निःशुल्क प्रयोगशाला सेवा जस्ता कार्यक्रमहरु सञ्चालन भएको जानकारी गराउँदै अबका दिनमा यसलाई निरन्तरता दिन जरुरी रहेको उल्लेख गरिन् ।

भेलामा बोल्दै वडाध्यक्ष पदका उम्मेदवार शोभाखर पोखेरेलले वडाबासी महिलाहरुको चाहना र आवश्यकता बुझेर वडा सहित उपमहानगरलाई लैङ्गिकमैत्री बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाए । भेलामा वडा सदस्य पदका उम्मेदवार ध्र्रुब थापा, मन्दिरादेवी गौडेल, कृष्णा सुनार, दलबहादुर थापाले महिला अधिकार र शसक्तीकरणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाए।

भेलामा एमालेका नेताहरु पुरुषोत्तम घिमिरे, मञ्जु बस्नेत, रिता घिमीरे, शान्ता घिमिरे लगायतले बोल्दै वडा तथा नगरको विकासका लागि एमाले उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरे । वडा नं १३ मा एमालेले जनमुक्तीसँग सहकार्य गरेको छ । जनमुक्तीका तर्फबाट दलबहादुर थापा उम्मेदवार छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।