२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

भैरहवा । उद्योगीहरुले लामो समय देखी भोग्दै आएको बिद्युत समस्याको बारेमा नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशले विद्युत दिने समयको निधो लगाउन माग गरेको छ ।

Advertisement

महासंघले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै बिद्युत आउने समयको निधो नहुदा ब्यसायमा मार खेप्नु परेको गुनासो गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले नेपाल विद्युत प्राधिकरणले बिद्युतको टुङ्गो नलगाउदा उत्पादन लागत बढ्दै गईरहेको र उत्पादन ५० प्रतिशतले कम भएको जिकिर गरेका छन । “उहाहरुसंग हामीले कुरा गर्दा अहिले हुन्छ, तहिले हुन्छ, कहिले हुन्छ त्यो कुराहरुको निधो छैन । निधो नभएपछि हामीले आयात गर्ने कच्चा पदार्थहरु बाटोमा रोकिएको छ ।” शर्माले भने “हामीले कहिले सम्म रोकेर बस्ने, त्यो समानको उत्पादन गरेर हामीले कहिले बजार सम्म पु¥याउने ? सैकडौ मजदुरलाई छुट्टी गरौ वा उद्योग बन्द गरेर बसौ ?”

यी समस्याहरुको बारेमा बिद्युत प्राधिकरणसंग कुरा गर्दा पनि प्राधिकरणले कुनै स्पष्ट जवाफ नदिएको शर्माको गुनासो छ । बिद्युत प्रयाप्त रहेको भन्दै प्राधिकरणले ढाटेको उनको आरोप छ । “बिद्युत कार्यालयको प्रदेश स्तरिय कार्यालयमा जादा जवाफदेहिता नभएको अवश्था छ । ” उनले भने “कहिले ग्रीडमा जानुस, कहिले महशुलमा जानुस लगायतका कुराले हामी चिन्तित छौं ।”

यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश कुमार अग्रवालले बिद्युत नभए बिद्युत प्राधिकरणलाई लोडशेडिङ्गको तालीका दिन आग्रह गरे । “बिद्युत नभएको सर्वविदित कुरा हो । हाम्रो भनाई के हो भने बिद्युत छैन भने एउटा लोडसेडिङ्गको तालिका दिनुस ।” अग्रवालले भने “त्यो तालिका अनुसार हामीलाई यति थाहा होस कि बिद्युत कति घण्टा कुन समयमा हामीले पाउछौं ।”

उनले लोडसेडिङ्ग तालिका आए सोही अनुसार योजना बनाएर आफ्ना उत्पादन गर्न सकिने बताए । उनले लुम्बिनी प्रदेशका औद्योगिक कोरिडोरहरु कालीगण्डकीको ग्रीडमा आधारित रहेको बताउदै भोली कुनै तरिकाले कालीगण्डकी कोरिडोरका बिद्युतलाई केही तलमाथी भए यस क्षेत्रका सबै उद्योग बन्द हुने अवश्था आउने बताए । “यसको विकल्पमा २२० केभिएको लाईन पूर्वबाट पश्चिम आउदै छ । तर त्यो दुम्किवासमा आएर रोकिएको छ ।” अग्रवालले भने “निजि जग्गाको निहु देखाउदै सम्पूर्ण परियोजना रोकिएको छ । सञ्चालनमा सरकारले चासो नै देखाएको छैन ।” उनले सरकारले चासो देखाएर दुम्कीवासबाट विद्युत ल्याउन सके यो क्षेत्रको बैकल्पिक रुपमा बिद्युत समस्या समाधान हुने आधार पेश गरे ।

सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अर्का केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले बिद्युतकै कारण उद्योगीहरु लामो समयदेखी मर्कामा परेकोले यसको विकल्प खोज्न आग्रह गरे । उनले विद्युत प्राधिकरणले विकल्प नखोजे उद्योगीहरु आन्दोलनमा जाने चेतावनी समेत दिए । उनले पनि दुम्किीवासमा रोकिएको पूर्व पश्चिम प्रसारण लाईनलाई सरकारले चासो दिएर समाधान गरि अगाडी बढाउन आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने रुस्दीमाथि हमलाः इरानी पत्रिका लेख्छ- शत्रुको घाँटी च्यात्ने हातलाई चुम्बन गर्नुपर्छ दल दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी