ताजा अपडेट »

नेकपा एस सिद्धार्थनगरको घोषणा–पत्र सार्वजनिक: फोहोरमैला व्यवस्थापन पहिलो प्राथमिकता

शुक्रबार, २३ बैशाख २०७९, १७ : १८
2 Shares

भैरहवा । नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर नगरपालिकाले ३१ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, फोहोरमैला र पार्किङ व्यवस्थापन, भ्रष्टाचारमुक्त नगर लगायतमा जोड दिँदै शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी घोषणा पत्र सार्वजनिक गरिएको हा ।

पार्टीका तर्फबाट सिद्धार्थनगरका मेयर पदका उम्मेदवार कुलेन्द्र पुन, नगर अध्यक्ष रामबहादुर बस्नेत, उपाध्यक्ष सार्दुल मयूर कसौधन लगायतले घोषणा–पत्र सार्वजनिक गरेका हुन् । मेयर उम्मेदवार पुनले आफुले नगरको समस्याको रुपमा रहेको फोहोर मैलालाई उचित ब्यवस्थापन सहित फोहोरमैला प्शोधन उद्योग निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले आफूहले जे गर्न सकिन्छ, त्यही कुरा मात्रै अघि सारेको जनाए ।

घोषणा–पत्रमा पर्यटन क्षेत्रको विकास नै सिद्धार्थनगरको समृद्धिको मूल आधारको भएको बताउँदै यसको विकासलाई जोड दिइएको छ । नगरलाई कृषि उद्योग र पर्यटन व्यवसायबाट आत्म निर्भर बनाइने प्रतिबद्धतामा उल्लेख गरिएको छ । नगरको मुख्य समस्याका रुपमा रहेको पार्किङलाई पूर्वाधारमा र नयाँ बन्ने पूर्वाधारहरुमा अन्डरग्राउन्ड पार्किङ्गको व्यवस्थालाई मिलाइने जनाइएको छ । नगरको सर्वाङ्गीण विकासमा निजी क्षेत्र, सामाजिक संघसंस्था, नागरिकसमाज, टोल सुधार समिति, आमा समूहहरु जस्ता संघसंगठनको समन्वय, सहकार्य, सह–अस्तित्व र संस्कृतिको विकासमा जोड दिइनेछ । नगरका अधुरा योजनालाई पहिलो प्राथमिकतामा राखिने छ । लक्षित कार्यक्रमलाई निरन्तरता दिंदै थप नयाँ कार्यक्रमलाई अगाडि बढाइनेछ ।’

वातावरणीय दृष्टिकोणले सरसफाईयुक्त, प्रदुषणमुक्त बनाउन र हरित नगरपालिका निर्माणमा विशेष पहल गरिने, स्वास्थ्य वीमालाई कडाईका साथ कार्यान्वयन गरिने, राजश्व वृद्धिमा भन्दा दायरालाई फराकिलो पारिने, एकीकृत सम्पत्ती करमा लक्षित वर्गलाई विशेष छुट दिइने, नगरपालिका भित्र बन्ने र बनिसकेका पूर्वाधारहरुलाई अपाङ्गमैत्री, महिलामैत्री, बालमैत्री, जेष्ठ नागरिकमैत्री बनाउने जनाइएको छ ।

‘अति विपिन्न परिवारलाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विशेष योजना अगाडि बढाइनेछ र भएका योजनालाई निरन्तरता दिइने, सुत्केरी आमाहरुसंग शुभकामना सन्देशसहितको कोशेली भेट कार्यक्रमलाई निरन्तरता दिने, नगरभित्र सफा खानेपानी, सार्वजनिक शौचालय र व्यावस्थित बधशालाकोनिर्माण गर्ने, नगरभित्र रहेका छाडा चौपाया र भुसिया कुकुरहरुलाई व्यावस्थित गर्ने, नगरभित्र रहेका मठमन्दिर, मस्जिद, गुम्बा र देवालयको उचित संरक्षण गरि भौतिक साधनस्रोतको उपलब्धता गराइनेछ’, घोषणा–पत्रमा भनिएको छ ।

नगरभित्र यत्रतत्र छरिएर रहेका अटोसर्विसहरुलाई उचित ठाउँमा व्यवस्थापन गरी ग्यारेज तथा सर्भिसिङ्ग गर्ने अटो व्यवसायलाई अटोभिलेजमा लैजाने र निश्चित ठाउँबाट मात्र सेवा प्रदान गर्ने व्यवस्था मिलाउने छ, नगरमा आइपर्ने विपत, महामारी, प्राकृतिक प्रकोपको सामाना गरि जनतालाई हरपल साथ र सहयोग उपलब्ध गराउने, नगरभित्र रहेको खेतीयोग्य जग्गालाई विशेष संरक्षण गरी चक्लाबन्दी र खण्डीकरणको उचित व्यवस्थापन गर्ने विषयलाई पनि समेटिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।