ताजा अपडेट »

कोदालो प्रहारबाट एक युवकको मृत्यु

शुक्रबार, २३ बैशाख २०७९, १७ : १२
6 Shares

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका-७ मा काेदालाे प्रहारबाट एक युवककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मनेकुडा बस्ने २१ वर्षीय श्याम ऐर रहेका छन् । छिमेकी वीरबहादुर ऐर र श्यामबीच खानेपानीकाे विषयमा विवाद हुँदा प्रहार भएकाे काेदालाे लागेर उनकाे मृत्यु भएकाे हाे । 

शवकाे पाेष्टमार्टम गर्ने तयारी भइरहेकाे छ भने काेदालाे प्रहार गर्ने वीरबहादुरलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।