ताजा अपडेट »

एयरलाईन्सका प्रतिनिधिद्वारा भैरहवा विमानस्थलको अवलोकन

शुक्रबार, २३ बैशाख २०७९, १५ : ४३
4 Shares

भैरहवा । कुबेतको जजीरा एयरलाईन्सले उडान सुरु गरे लगत्तै भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट अन्य बिमान कम्पनीहरुले पनि उडानमा चासो दिएका छन् । जेठ २ गते देखी जजीरा एयरलाइन्सले भैरहवाबाट आफ्नो नियमित उडान सुरु गर्दैछ । त्यस लगत्तै युनाईटेड अरब ईमिरेट्सको एयर अरेबिया र फ्लाइ दुबईले जेठ भित्रै उडान भर्न सक्ने गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलले जानकारी दिएको छ ।

बिहान ७ बजे आफ्नो पूर्ण क्षमतामा अर्थात १ सय ७५ जना लिएर एयर जजीराको न्यारो बडी एयरबस ३२० बिमान भैरहवामा अवतरण हुनेछ । सोही दिन बिमानस्थलको उद्घाटन भई यताबाट पूर्ण क्षमतामै बिमान फिर्ता जानेछ । दोहा सम्मको टिकट जजीरा एयरलाईन्सले छिट्टै घोषणा गर्ने र यो काठमाण्डौंको तुलनामा २० देखी २५ प्रतिशत सस्तो हुने सम्भावना रहेको छ । बिमानस्थलको प्रवक्ता श्याम किशोर साहका अनुसार यसै क्रममा भैरहवा बिमानस्थलमा बोर्ड अफ एयरलाईन्स रिप्रेजेन्टेटिभ (बार्न) ले अवलोकन गरेको छ ।

नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कलाखेती, टर्किस एयरलाईन्सका स्टेशन म्यानेजर रेशु सिंह, प्रेसीडेन्ट ट्राभल्सका भोला बिक्रम थापा, फ्लाई दुबईका स्टेशन म्यानेजर नवराज शाही, क्याति ड्रेगनका प्रतिनिधि, एयर अरेबियाका एयर म्यानेजर अनिल बिजयन लगायत ११ जनाको टोलीले बिमानस्थलको अवलोकन गरेका हुन् । अवलोकनमा आएको बार्नको टोली बिमानस्थलले दिने यात्रुहरुको सेवा सुविधा, सुरक्षा, अध्यागमन लगायतको सेवा सुविधा हेरेर सन्तुष्ट भएको र उडानको लागी आफ्नो माथिल्लो निकायमा पहल गर्ने आश्वासन पाएको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा प्रवक्ता श्याम किशोर साहले बताए ।

अवलोकनको क्रममो आएको टिमले ल्याण्डिङ्ग, पार्किङ्ग, ग्राउण्ड ह्याण्डलिङ्ग लगायतमा अग्रिम छुट हुने पर्ने कुरा उठाएको र यसको सम्बोधन पनि जेठ २ गते यता नै सम्बोधन हुने बिमानस्थल प्रशासनको भनाई छ । यस अघि गएको १५ गते नेपाल एयरलाईन्सको वाईडबडी बिमानले भैरहवामा सफल परिक्षण उडान सफल गरि सकेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल पूर्णतया सुरक्षित रहेको र वाईडबडी जहाजहरु पनि सहजै अवतरण गर्न सक्ने सन्देश दिन नागरिक उड्डययन प्राधिकरणले भैरहवामा परिक्षण उडान गरेको थियो ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा