ताजा अपडेट »

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

शुक्रबार, २३ बैशाख २०७९, १२ : ३७
4 Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पाल्पा, पर्सा, झापा र धनकुटामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सडकमा लु.१ च ७७८० नम्बरको जिप बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सूर्य प्रसाद श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४६ वर्षीय टुक नारायण श्रेष्ठलाई लुम्बिनी मेडिकल कलेज प्रभास हुँदै थप उपचारका लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ । 

पर्साको ठोरी गाउँपालिका–३ ब्रहमनगरस्थित पुलमा बीआर २२ एस २२६२ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा चालक भारत पश्चिमी चम्पारण घर भएका ३६ वर्षीय मनोज महतोको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका–३ नँया बस्तीस्थित सडकमा को.२३ प ४०४७ नंम्बरको मोटरसाइकल ना.६ ख ९०७९ नम्बरको ट्रकमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय बुद्धकान्त सुबेदी छन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित सडकमा मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा सोही गाउँपालिका–३ मदेन टोल बस्ने ३८ वर्षीय इन्द्र बहादुर याखाको घटनास्थलमै मृत्यु भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।