२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

काठमाडौं ।  राप्रपाले मोरङको बेलबारी नगरपालिकामा मेयर पदका उम्मेदवार खेमराज गौतमको सवारीसाधन आगजनी गर्नेलाई कारबाही गर्न माग गरेको छ । राप्रपाबाट मेयर उम्मेदवार बनेका गौतमको सवारीसाधनमाथि पेट्रोल छर्किएर आगजानी गरिएपछि सो पार्टीले दोषीमाथि कारबाही गर्न माग गरेको हो । 

उम्मेदवार गौतमको सवारीसाधनमाथि आगजानी गरिएको घटना निन्दनीय रहेको भन्दै राप्रपाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो । ‘मोरङको बेलबारी नगरपालिकामा राप्रपाको तर्फबाट मेयर पदका उमेदवार खेमराज गौतमको सवारीसाधनमाथि आगजनी गरिएको घटना दुःखद र निन्दनीय छ । सिसिटिभी फुटेजबाट मोटरमा पेट्रोल छर्केर आगो लगाउने व्यक्तिको पहिचान भएको र नेपाली कांग्रेसको कार्यकर्ताको रुपमा परिचित निज पक्राउसमेत परिसकेको अवस्थामा घटनाको यथार्थ विवरण लिन, निजलाई उक्साउने व्यक्ति, समूह र दलबारे सत्यतथ्य छानबिन गरी हदैसम्मको कारबाहीको माग गर्दछौं,’ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राप्रपाले निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग