ताजा अपडेट »

एमालेले मात्रै देशमा स्थिरता दिन सक्छ: अध्यक्ष ओली

शुक्रबार, २३ बैशाख २०७९, ०८ : २३
12 Shares

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताएका छन् ।

सो पार्टीद्वारा धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताए । उनले भने, ‘‘राष्ट्रियताको संरक्षण र देशमा विकास र समृद्धि ल्याउन सक्ने शक्ति एमाले मात्रै हो ।’

सभामा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले पनि समसामयिक विषयमा बोलेका थिए । एमालेका अध्यक्ष ओलीले कैलालीको बर्दगोरिया, कञ्चनुपरको बेलौरीलगायत क्षेत्रमा भएका चुनावीसभालाई पनि सम्बोधन गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।