२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

रुपन्देही । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले आर्थिक, भौतिक र मानविय दृष्टिले बुटवल मुलुककै केन्द्र बन्ने बताएका छन् । नेकपा एमाले उद्योगी व्यवसायी निर्वाचन परिचालन कमिटीद्धारा आज बुटवलमा आयोजित उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उनले सञ्चालनमा रहेका योजना मात्रै पूरा हुँदा बुटवलले नयाँ उचाई हासिल गर्ने उल्लेख गरे ।

Advertisement

“भौतिक र मानवीय बिकासमा रुपन्देही निकै अगाडी छ । अरु ठाउँले यहाँबाट सिक्नुपर्छ । अब यहाँ धेरै गर्नुपर्ने केही छैन, शुरु भएका आयोजना सम्पन्न भएमात्र पुग्छ”उनले भने ।

‘वर्तमान सरकार र केही विरोधीहरुले बुटवलमा भइरहेका विकासका आयोजनाहरु रोक्ने,पुरा हुन नदिने र विष्णु पौडेललाई असहयोग गर्ने षडयन्त्र गरिरहेका छन्,हामी त्यस्ता षडयन्त्रकाहरुरीलाई परास्त गछौं’।’ उनले भने ।

‘हिजो सडक बन्न नदिन डोजर मुनि सुत्छु भन्नेहरु अहिले उम्मेदवार छन्,विकासे आयोजना रोकेर हामीलाई असफल बनाउने योजना बनाउंछन्’ । बुटवलको सडक रोकेर हाम्रा विरुद्ध भ्रम फैलाउनेहरुलाई छिट्टै सिडक निर्माण गरेर देखाउनुपर्नेछ।’ उनले भने ।

आफुहरु सरकारमा नरहंदा तत्कालिन सरकारले शुरु गरेका दर्जनौं पूर्वाधारहरुको निर्माण रोकिने र अलपत्र पर्ने खतरा बढेको उनले बताए । त्यसका लागि बुटवलवासीले दबाद सिर्जना गर्नुपर्ने बताए ।‘तिनाउमा सिग्नेचर व्रिज र बुटवलमा ६ लेन सडक निर्माण सकेर यस्तो विद्युतको प्रबन्ध गर्ने मन छ कि विरोधीहरुका आंखा तिरिमिरी हुनेछन्’ पौडेलको भनाई थियो ।

सरकारमा अर्थमन्त्री भएका बेला निजी क्षेत्र उत्साहित हुने खालको बजेट ल्याएको स्मरण गर्दै उनले कोभिड महामारिका बेला पनि अर्थतन्त्र कमजोर हुन नदिएको बताए।

“हामीले बजेट ल्याउँदा सारा उद्योगी व्यवसायीले प्रशंसा गरे । संस्थागत रुपमा त्यो तहको समर्थन बिरलै प्राप्त हुन्छ । बजेट अहिले पनि आयो तर जताततै बिरोध भयो ।” उनले भने । नेपालको महंगी डबल डिजिटमा पुग्न लागेको जनाउँदै उनले महंगी घटाउन र अर्थव्यवस्था सुधार गर्न एमालेलाई मत दिन उद्योगी व्यवसायीलाई आग्रह गरे ।

अर्थतन्त्रलाई अगाडी बढाउन सरकार, सहकारी र निजीक्षेत्र बीच समन्वय हुनुपर्ने बताउँदै निजी क्षेत्र अनुकुलको वातावरण बनाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए । “मुलुकलाई निकास दिन एमालेको नीति र नेतृत्व अपरिहार्य छ, गठबन्धनले निकास दिन सक्दैन”—उनले भने ।

भेलामा बुटवल उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईले बुटवललाई आर्थिक राजधानीको रुपमा विकास गर्ने बताए। “हरेक काममा जनताको साथमा हुनेछौँ, तपाइँहरुको शिर झुक्ने गरी काम गर्ने छैनौं ”, पौडेलले भने । अहिले राजनीतिक दलप्रति आम नागरिकको वितृष्णा बढेको जनाउँदै यस्तो अवस्थाको अन्त्य हुने गरी जनताको मन बुझेर काम गर्ने प्रतिवद्धता जनाए ।

भेलामा उपप्रमुखका उम्मेदवार सावित्रा अर्यालले उद्योगी व्यवसायीको हितमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताए।
नेकपा एमाले उद्योगी व्यवसायी निर्वाचन परिचालन कमिटिका संयोजक बाबुराम बोहोराले यस क्षेत्रका उद्योगी व्यवसायीको मत एमालेलाई जानेमा कुनै शंका नरहेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने रुस्दीमाथि हमलाः इरानी पत्रिका लेख्छ- शत्रुको घाँटी च्यात्ने हातलाई चुम्बन गर्नुपर्छ दल दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी