ताजा अपडेट »

रुपन्देही आएर काँग्रेस महामन्त्री विश्वप्रकासले भने- मनले नमाने पनि गठबन्धनलाई भोट गर्नुस्

विहीबार, २२ बैशाख २०७९, २१ : ०६
4 Shares

तिलोत्तमा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबीच भएको तालमेललाई ईमान्दारी पूर्वक पालना गर्न आग्रह गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओबादी केन्द्र मिलेर बनेको गठबन्धनको नगरस्तरीय संयुक्त आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले नेपाली कांग्रेस कमजोर भएर गठबन्धन नगरेको बताउँदै संविधान रक्षाको लागि गठबन्धन भएकोले तालमेलबाट उम्मेद्वार बनेका सबैलाई मतदान गर्न आग्रह गरे ।

महामन्त्री शर्माले आ-आफ्नो दलको प्रचारमा हिँडेका कार्यकर्ताले अन्य दलमा मतदान गर्न मनले नमाने पनि एक दिन चित्त बुझाएर तालमेल गरेका उम्मेद्वारलाईं जिताउन आग्रह गरे । उनले भने,‘नेपाली कांग्रेसको प्रचारमा हिँडेका कार्यकर्तालाई माओबादीलाई भोट माग्दा आफ्ठ्यारो महसुस हुन्छ, तरपनि संविधानको रक्षाको लागि एकदिन मन थामेर तालमेलका उम्मेद्वारलाई मतदान गर्नुहोस्।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।