ताजा अपडेट »

'विकासले गति लियो, अब सिद्धार्थनगरको मुहार फेर्छौं'

विहीबार, २२ बैशाख २०७९, २० : ०७
4 Shares

भैरहवा । सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले सिद्धार्थनगरमा आमूल परिवर्तन भएको दाबी गर्दै अब सौन्दर्यीकरण गरि नगरको मुहार फेर्ने बताएका छन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका डाक्टर रामप्रसाद बस्यालको पक्षमा घरदैलो र प्रचार प्रसारमा मतदातालाई आफ्ना कामहरु बारे अवगत गराउँदै उनले यस्तो बताएका हुन् । 'नगरपालिका कति काम भए भन्नेबारे नगरवासीलाई जानकारी नगराउनु हाम्रो नै दोस हो, प्रचार प्रसार नगरी काममा मात्रै ध्यान दिदा हामी के ग¥यौ आफ्नो कार्यकालमा भन्ने खोज्नु पर्ने अवस्था छैन' उनले भने .

मेयर अधिकारीले अहिले उम्मेदवारलाई घर घर लैजानेदेखि, चोकचोकमा नाच्दै मत माग्दै फरक शैलीको प्रयोग गरेका छन् । '२०७४ सालको निर्वाचनमा नगरबासीले एमालेलाई सिद्धार्थनगरमा विजयी बनाएपछि यस नगरले विकासको गति लियो अब यस क्षेत्रको विकासको अपनत्वका लागि एमालेलाई अत्यधिक मत दिएर विजयी बनाउन अनुरोध गरिरहका छौं' अधिकारीले भने ।

नेकपा एमालेले गरेका कामदेखेर विपक्षीहरु आत्तिएको उनको भनाइ छ। आफूहरुको पालो कहिल्यै नआउने ठानेर आत्तिएकाहरुले केन्द्र र प्रदेशमा जनादेश प्राप्त एमाले पार्टीको सरकारलाई अपदस्थ गरी परमादेश सरकार बनाएको नेकपा एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए ।

'हाम्रो बिश्वास सत्तामा होइन, जनतामा छ थापा भन्छन् जनताको मत प्राप्त गर्न हामी जनताको घरदैलोमा उपस्थीत भएका छौँ' एमालेबाट नगर पदका उम्मेदवार डाक्टर रामप्रसाद बस्यालले बिगतमा हरि अधिकारीले सुरुवात गरेका विकास निर्माणका कामलाई निरन्तरता दिँदै तिब्ररुपमा नगरको विकासमा भूमिका खेल्ने बताए ।

डाक्टर बस्यालले सिद्धार्थनगरमा निर्वाचित भई आगामी ५ वर्ष भित्रमा हाल थालिएका सबै कामलाई निरन्तरता दिँदै यस नगरलाई अझ स्वच्छ, सफा हरियालीयुक्त सुन्दर ब्यापारीक र पर्यटकीय नगरी बनाउने मतदातासंग प्रतिबद्धता ब्यक्त गरेका छन् ।

नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ का लागि अगाडि सारेका २६ बुँदे प्रतिबद्धताहरुलाई पुरा गर्ने दृढ लक्ष्य र उद्धेश्यका साथ जनताको बीचमा आएकाले विजयी बनाउन उप मेयरकी उम्मेदवार उमा अधिकारीले आग्रह गरिन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।