Jul 3, 2022
बुटवल । बुटवलबाट पाल्पा जाँदै गरेको जिप दुर्घटना भएको छ । बिहीबार साँझ बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको बोलेरो जिप दूर्घटना हुँदा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
लु १ च ७७८० नम्बर बोलेरो जिप पाल्पाको तिनाउ गाउँपालिका-५ चर्चरेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी विरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार जिपमा ४ जना सवार थिए ।
करिब ५ बजे भएको दुर्घटनामा परी घाइतेहरुको लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट ३ सय मिटर तल खोलामा खसेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्