ताजा अपडेट »

हारेको प्रचण्ड, माधव नेपाल होइन केपी ओली होः प्रचण्ड

विहीबार, २२ बैशाख २०७९, १६ : ५४
4 Shares

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हारेको वास्तविकता जनताले नबुझ्दा आफू खिन्न हुनुपरेको बताएका छन् । 

चितवनमा बिहीबार संयुक्त सभालाई सम्बोधन गर्दै संसद विघटन देखि पार्टी विभाजनसम्ममा ओली पराजित भएको उनले बताएका हुन् । ‘हारेको प्रचण्ड, माधव नेपाल होइन केपी ओली हो,’ अध्यक्ष प्रचण्डले भने, ‘यो कुरा तपाईँले नबुझेको सुन्न पर्दा खिन्न महसुष भएको छ ।’ 

उनले ‘लकिरको फकिर’ भएर लोकतन्त्रको रक्षा हुन नसक्ने बताए । उनले गठबन्धनको विरोध गरिरहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई इङ्गीत गर्दै भने, ‘विधि, पार्टी र पद्धती बाहिर गएर कोही व्यत्ति विर पनि हुने स्थित अहिले नेपालमा छैन ।’ सम्बोधनका क्रममा उनले सहमति सहकार्य र एकता आजको पनि आवश्यकता रहेको जनाए । गठबन्धन बनेको दिनदेखि यसलाई तोड्ने प्रयास भएका दाबी उनले गरे ।  

‘हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ । तपाईँको साथ सहयोग भयो भने, उत्प्रेरणा भयो भने यो गठबन्धन दशकौं जान्छ । यो स्वभाविक र प्राकृतिक गठबन्धन हो,’ अध्यक्ष प्रचण्डले भने ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।