ताजा अपडेट »

संविधानको चाहनाअनुसार गठबन्धनको सरकार आवश्यक : रामचन्द्र पौडेल

विहीबार, २२ बैशाख २०७९, १६ : ११
10 Shares

चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानको चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक परेको बताएका छन् ।चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘‘संविधानकै चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक परेको छ ।’  

तत्कालीन प्रधानमन्त्री केपी ओलीको सर्वसत्तावाद र तानाशाहीविरुद्ध लड्न सबैभन्दा पहिलो आफूले गठबन्धनको निर्माणको प्रस्ताव गरेको भन्दै उनले शेरबहादुर देउवासँग मिल्न गएको  आरोपको पनि खण्डन गरे ।  

‘शेरबहादुर देउवासँग मिल्न गएको होइन । मैले नै गठबन्धनको लागि आह्वान गरेको हो । ओली सर्वसत्तावाद तर्फ उन्मुख हुँदै थिए । देशमा तानाशाही लाद्न खोज्दै थिए । राजनितिक स्थिरतालाइ खल्बलाउन ओली निमित्त नायक बनेर आए । नेपाली कांग्रेसको प्रतिद्वन्द्वी एमालेसँग हो । प्रचन्ड होइन । त्यसकारण प्रचन्डसँग सहकार्य गर्नु आवश्यकता हो । मिलेर यो देशको अस्थिरता को अन्त्य गर्नुछ । ओलीविरुद्धमा गठबन्धन गर्नुपरेको छ,’ उनले भने । सत्तारुढ गठबन्धन संसदीय निर्वाचनसम्म रहने भन्दै उनले कांग्रेसलाई २३ सिटबाट ९३ सिटमा पु¥याउन गठबन्धन भएको बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।