ताजा अपडेट »

एमाले अहिले कुहिसकेको फर्सीजस्तो भयो : माधव नेपाल

विहीबार, २२ बैशाख २०७९, १६ : ०९
6 Shares

चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले आफुले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए । 

‘एमाले मैले नै जन्माएको हो । त्यो बेला फर्सीजस्तो थियो । अहिले त कुहिएर गन्हाइसक्यो । त्यो खायो भने रोग मात्रै लाग्छ । बाहिर हेर्दा राम्रै फर्सी देखिएपनि भित्र भने कुँहिएर किरा परिसकेको छ,’ नेपालले भने । एमालेमा केपी ओलीका आगमन भएसँगै बिग्रिएको बताए । एमालेमा केपी ओली प्रवृतिले गर्दा एमालेलाई सिध्याएर कुहिएको फर्सी बनाइसकेको उनको भनाइ छ । 

विगतमा राजतन्त्र फाल्न तीन दल एकमत भएको स्मरण गराउँदै अहिले केपी ओली प्रवृतिलाई फाल्न गठबन्धन बनेको उनको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।